इजरायलमा जापानी प्रधानमन्त्रीलाई जुत्तामा खाना दिइएपछि…..
प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार ०७:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एजेन्सी, २५ वैशाख । दुई मेमा जब जापानी प्रधानमन्त्री सिन्जो आवे र उनकी श्रीमती इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निजी निवासमा डिनरका लागि पुगे तब त्यहाँ उनलाई जुत्तामा खाना राखेर दिइयो ।
Advertisement
तर त्यो कुनै वास्तविक जुत्ता नभएर धातूको जुत्ता थियो । प्रधानमन्त्री नेतान्याहूका निजी तथा इजरायलका सेलिब्रेटी शेफले आवेलाई उक्त धातुको जुत्तामा उत्कृष्ट चकलेटहरु राखेर दिएका पेश गरेका थिए । जापानी संस्कृतिमा जुत्तालाई एकदमै अपमानजनक मानिन्छ ।
आवेले इजरायलको त्यस्तो कलात्मक सत्कारलाई चुपचाप स्वीकारे तर जापानी तथा इजरायली राजनीतिज्ञहरुलाई त्यो कुरा पच्न सकेन । जापानबारे विश्लेषण गर्ने विज्ञहरुले त्यसलाई अपमानजनक सत्कारको रुपमा लिए ।
जापानमा लामो समयसम्म बस्दै आएका एकजना वरिष्ठ राजनीतिज्ञले इजरायली अखबार येदियोत अहरानोतसँग त्यो एकदमै असंवेदनशील र बेवकूफी कार्य भएको बताए । इजरायलको त्यस्तो सत्कार सुँगुरको अनुहारमा यहूदी पाहुनाहरुलाई खाना दिनु जस्तै भएको बताए ।
एक जापानी राजनीतिज्ञले कुनै पनि संस्कृतिमा जुत्तामा खाना नराखिने बताए । उनले यदि त्यो कुनै ठट्टा भएपनि आफ्नो प्रधानमन्त्रीसँग त्यस्तो व्यवहार आफुहरुलाई अस्वीकार्य भएको बताए ।
शेफ सेगेवले उक्त तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गरेका थिए । तर मानिसहरुले त्यो ठूलो गल्ती भएको टिप्पणी गरेका छन् ।