जुम्ल्याहा शिशुका फरक–फरक बुवा !
प्रकाशित मिति : २०७५, १७ चैत्र आईतवार १३:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चीन : एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्, तर बुवा फरक– फरक भएको पत्ता लागेको छ । घटना चीनको हो ।
Advertisement
शिशुको डीएनए परीक्षण गर्दा बुवा फरक फरक भएको पत्ता लागेको हो । यस्तो पत्ता लागेसँगै चिकित्सकहरु पनि अचम्मित भएका छन् ।
जब दम्पत्ती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले दुबै जनाको डिएनए रिपोर्ट माग गरेको थियो ।
महिलाले आफ्नो श्रीमान्लाई धोका दिएरस अन्य पुरुषसँग सम्बन्ध राखेको खुसाला डीएनए रिपोर्टबाट भएको हो । डीएनए रिपोर्टमा जुम्ल्याहा बच्चाको फरक फरक बुवा बारे जानकारी पाएपछि पतिले पत्नीसँग यसबारे सोधपुछ गरेका थिए । पत्नीले परपुरुषसँग सम्बन्ध रहेको स्वीकार गरेकी छिन् ।