सरकारले माग्यो टेलिकमसँग फोर-जी सञ्चालनको विस्तृत योजना
प्रकाशित मिति : २०७३, १७ आश्विन सोमबार १४:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपाल दूरसञ्चार प्राधिकरणले फोर-जी सञ्चालनको लागि नेपाल टेलिकमसँग विस्तृत कार्ययोजना मागेको छ ।
Advertisement
प्र्राधिकरणले आइतबार फोर-जी सञ्चालन गर्दा कसरी, कुन अवस्थामा र सर्तसहित कहिलेबाट सञ्चालन गर्न टेलिकमले कस्तो तयारी गरेको छ ? भन्दै रोल आउट प्लानका लागि पत्राचार गरेको छ ।
Metal antenna symbol with letters 4G on white
अब आफ्नो कार्ययोजना केही दिनभित्रै प्राधिकरणमा पेश गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । यसका लागि अब टेलिकमले आन्तरिक छलफल गर्ने छ ।
टेलिकमले यसअघि नै सरकारले फोर-सञ्चालनको अनुमति दिए दुई महिना भित्रै देशका मुख्य-मुख्य शहरमा फोर-जी सञ्चालन गर्ने बताइसकेको छ ।
यो सँगै अबको केही महिनामै एनटिसीको मोबाइल चलाउने ग्राहकले अब डाटामा तिब्र गतिको इन्टरनेट सुविधा लिन पाउने भएका हुन् ।
टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनटिसीले फोर-जी सञ्चालनको अनुमति मागेर पेश गरेको निवेदन स्वीकार गरी सेवा सञ्चालनको विस्तृत कार्ययोजना पेश गर्न भनेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।
मोबाइल डाटा इन्टरनेटमा फोर-जी थ्रीजी भन्दा एड्भान्स र तीब्र गतिको इन्टरनेट सेवा हो । सामान्यतया फोर-जीको डाटा ट्रान्सफर रेट प्रति सेकेन्ड एक सय एमबीको दरमा हुन्छ ।
उनको अनुसार १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा फोर-जी सुविधा दिने तयारी गरिएको छ । ‘टेलिकमसँग रोलआउट प्लानअनुसार कहाँबाट सुरु गर्ने, के कसरी सेवा सञ्चालन गर्ने भने प्रस्ताव मागेका हौं । अनुमति भने दिइसकेको छैन,’ अर्यालले भने ।
‘एनसेलसँग पनि कार्ययोजना मागका विषयमा आन्तरिक छलफलसमेत भइसकेको छ’, उनले भने ‘निर्णय हुन केही समय लाग्न सक्छ ।’