विज्ञान प्रविधिको प्रयोगले राष्ट्रलाई समृद्ध बनाउन सकिन्छः पूर्व अर्थमन्त्री महत
प्रकाशित मिति : २०७३, १९ आश्विन बुधबार १७:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताएका छन्।
Advertisement
हरिखेतान बहुमुखी क्याम्पसले यहाँ आज आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने – विज्ञान र प्रविधिको माध्यवाट कृषिमा यान्त्रिकीकरण र मुलुकमा औद्योगिकीकरण गरेर अघिबढेमा राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन।
नेपाली काँग्रेसमन नेता समेत रहेका डा महतले विज्ञान र प्रविधिकै बलमा केही वर्षमै समृद्ध बनेका दर्जनौँ राष्ट्र रहेका छन् भन्दै प्रकृतिक स्रोत साधनको अधिकतम सदुपयोग गरी विज्ञान प्रविधिलाई अपनाउन सके नेपाललाई उन्नतिको बाटोमा डो¥याउन सकिने विचार व्यक्त गरे।
राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु गम्भीर हुन आवश्यक रहेको बताउँदै उनले अब दलीय भागबन्डाबाटमाथि उठेर देश हितका विषयमा दल गम्भीर हुनुपर्नेमा जोड दिए।
हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख भगवान यादवको अध्यक्षतमा सम्पन्न सम्मेलनमा समाजसेवी तथा वरिष्ठ उद्योगपति विश्वनाथ साह, सांसद राजेन्द्रबहादुर अमात्य, पूर्व सभासद आजयकुमार द्विवेदी, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीलगायतले राष्ट्र विकासका लागि देशका नागरिक नैतिकवान हुनु आवश्यक रहेको बताउँदै विद्यालयको पाठक्रममा नैतिक शिक्षालाई लागू गर्न सरकारसँग माग गरे।
विज्ञान र प्रविधि भित्र्याए पनि प्रयोगकर्ता नैतिकवान नभए त्यसले राष्ट्र र मानवतालाई नै नोक्सान पुर्याउने उनीहरुले धारणा व्यक्त गरे। रासस