युवकको शरीरको १८ से.मी लामो पुच्छरको शल्यक्रिया, मानिसहरुले भगवान मान्दै पज्ने गर्थे
प्रकाशित मिति : २०७३, २३ आश्विन आईतवार २०:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाँदरको जस्तै मानिसको पनि पुच्छर भए के होला ? कस्तो देखिएला त ? पक्कै पनि राम्रो देखिदैन, अरु भन्दा फरक नै देदिन्छ । त्यस्तै सोमबार एक अस्पतालमा १८ बर्षीय युवकको १८ सेन्टिमिटर लामो पुच्छरको सफल शल्यक्रिया भएको छ ।
Advertisement
चिकित्सकहरुले उनको पुच्छर नै सबैभन्दा लामो भएको दाबी गरेका छन् । मानिसहरु केही बर्षदेखि उनलाई सम्बन्धित ब्यक्तिको अवतार सम्झेर पुजा गरिरहेको थिए । जब उनको दुखाई बढ्दै गयो तब मात्र डाक्टरसँग सल्लाह लिन पुगे । अनि यसको शल्यक्रिया गर्ने निर्णय लिए ।
यो घटना नरखेड स्थित अंबाडा देशमुख गाउँका अशोक कुमार (परिवर्तित नाम) को हो । उनी हाल भारतको नागपु्रको झिंगाबाई टोकली क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
उक्त पुच्छर उनी जन्मदादेखि नै थियो । यो खबर आसपासका क्षेत्रमा फैलिएको छ । मानिसहरु उनलाई भगवानको अवतार मान्दै आएका थिए । साथै उनलाई हेर्नका लागि मानिसहरुकोे भीड लाग्ने गरेको थियो ।
यसपछि उनी त्यस ठाँउ छोडेर परिजन नागपुर आएर बस्न थाले । त्यहाँ पनि मानिसहरु उनलाई हेर्नेको लाइन नै लाग्न थालेको थियो । यो शिलशिला करिब २ बर्षसम्म चलिरह्यो ।
तर अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएको छ ।