टेलिकमले पायो फोरजी सञ्चालनको अनुमति
प्रकाशित मिति : २०७३, ७ कार्तिक आईतवार १३:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ ।
Advertisement
सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले अनुमति दिने भनी माइनुट उठाएको प्राधिकरणका प्रमुख दिगम्बर झाले जानकारी दिए ।
प्राधिकरणको सञ्चालक समिति बोर्डले माइनुट गरेको फाइलमा हस्ताक्षर भने आज-भोलिमै हुने उनले बताए ।
झाका अनुसार टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेयन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति दिइएको छ । अब टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जी सेवालाई निरन्तर गर्ने छ भने ५ मेगाहर्जबाट फोरजी सञ्चालन गर्ने छ ।
नेपाल टेलिकमसँग प्राधिकरणले दशैं अगावै फोरजी सञ्चालनको कार्ययोजना माग गरेको थियो । टेलिकमले अनुमति पाएको दुई महिनाभित्र अर्थात पुस महिनादेखि काठमाडौं र पोखराको शहरी क्षेत्रमा फोरजी सुरु गर्दै विस्तार गर्ने कार्ययोजना प्राधिकरणमा पेश गरेको थियो । टेलिकमले पेश गरेको कार्ययोजनाकै आधारमा टेलिकमलाई फोरजी सञ्चालनको अनुमति दिइएको झाले बताए ।