हिटलरकी श्रीमतीको पेन्टी ४ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम
प्रकाशित मिति : २०७३, २७ कार्तिक शनिबार ११:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
२७ कात्तिक।
जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको ऐतिहासिक पेन्टी झण्डै ४ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको छ ।
बेलायतको माल्वर्नस्थित फिलिप सेरेल लिलामघरमा भएको लिलामीका क्रममा अपेक्षा गरिएभन्दा ७ गुणा बढि मूल्यमा इवाको पेन्टी बिकेको हो । उक्त पेन्टीलाई ४ सय पाउण्ड पर्ने अनुमान गरिएकोमा २९ सयमा लिलाम भयो ।
हिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर पनि लिलामी भएको छ ।
त्यस्तै रुबी पत्थरयुक्त सुनको औँठी पनि लिलाम भएको छ । लिलाम भएको हिटलरपत्नीको पेन्टीमा तुना तथा रिबन समेत छ ।
त्यसैगरी बिसौँ सताब्दीको सुरुवातताकाका हिटलरसँग खिचाएका इवाका केही तस्वीर समेत एक सय पाउण्डमा बिकेका छन् ।
एकजना निजि संग्रहकर्ताले यी सामान किनेका छन् । तर उनको नाम भने खुलाइएको छैन । स्मरण रहोस् लामो समय प्रेममा रहेका इवा र हिटलरले आफ्नो मरणको केही समयअघि मात्र बिहे गरेका थिए ।