स्मार्टफोनमा भाइरस संक्रमण कसरी रोक्ने ?
प्रकाशित मिति : २०७३, २७ कार्तिक शनिबार ११:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
२७ कात्तिक । स्मार्टफोनमा हरहमेशा मालवेयर अथवा भाइरसको खतरा हुन्छ । भाइरसका कारण ह्याकरले तपाईंको सूचना सजिलै थाहा पाउन सक्छ ।
ट्रोजन भाइरस सबैभन्दा खतरनाक हुन्छ फोनको एउटा कुनामा चुपचाप लागेर बसिरहन्छ र सूचना पठाइरहन्छ ।
Advertisement
ट्रोजन भाइरसले तपाईंको सिस्टम वा जानकारीमाथि पहिले नै कब्जा गर्दछ र त्यसपछि स्मार्टफोन, ट्याबलेट वा कम्प्युटरबाट जानकारी बिस्तारै बिस्तारै उक्त कम्प्युटरसम्म लैजान्छ जसको लागि त्यसलाई प्रोग्रामिङ गरिएको हुन्छ ।
कयौंपटक पोर्न बेवसाइटबाट यस्तो ट्रोजन डिभाइसमा आउँछ । यसबाट बच्नको लागि केही सामान्य कुरामा ध्यान दिनुपर्छ ।
जब हामी कुनै एप्स डाउनलोड गर्दछौं, ती एप्स चिनेजानेको कम्पनीको हुनुपर्छ । डाउनलोड गर्नुभन्दा अगाडि एकपटक एप्स बनाउने कम्पनीको बारेमा केही अध्ययन गर्नु जरुरी हुन्छ र यसबारेमा गुगल सर्च पनि गर्न सकिन्छ । यदि उक्त कम्पनीले अरु पनि एप्सहरु बनाएको छ भने त्यसको विश्वास गर्न सकिन्छ । एप्सको रिभ्यूबाट पनि तपाईले कम्पनीको बारेमा राम्रोसँग थाहा पाउनु सक्नुहुन्छ ।
गुगल प्ले स्टोरमा पनि एप्सको रिभ्यू अनिवार्य पढ्नुपर्छ । चार वा पाँच तारा रेटिंग गरिएकै एप्स डाउनलोड गर्नुपर्छ भन्ने केही छैन । बरु गुगल प्ले स्टोरमा रिभ्यू लेख्नेहरुको रिभ्यू तपाईंको लागि महत्वपूर्ण हुनसक्छ ।
कुनै पनि एप्सले स्मार्टफोनबाट जे जे जानकारी लिनको लागि इजाजत माग्दछ, त्यसैबाट पनि उक्त एप्स कस्तो हो भन्ने बारेमा थाहा पाउन सकिन्छ । यदि तपाई कुनै अलार्म एप्स डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसलाई तपाईंको फोनको तस्बिर हेर्ने अनुमति चाहिँदैन ।
त्यसैगरी क्यालकुलेटर एप्स डाउनलोड गर्दा नेटवर्क एक्सेसको जरुरत हुँदैन । यस्ता गतिविधिबाट तपाईले सावधानी अपनाउनुपर्दछ ।
कतिपय मानिसहरुलाई लाग्छ कि एप्पल र गुगलको प्ले स्टोरबाहेक अन्य प्ले स्टोरबाट एप्स डाउनलोड गर्नु हुँदैन । यसरी डाउनलोड गर्दा ट्रोजन वा अन्य भाइरस स्मार्टफोन वा ट्याबलेटमा आउन सक्छ । तर यस्तो तर्क शतप्रतिशत झूटो मान्न सकिन्छ । हजुर, सेक्युरिटी सफ्टवेयर प्रयोग गरेर यस्ता वा अन्य कुनै खतरा एकदमै कम हुन्छ । अन्य प्ले स्टोबाट एप्स डाउनलोड गर्नाले खतरा त भइहाल्छ ।
बीबीसी हिन्दीबाट