आफ्नी ३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप
प्रकाशित मिति : २०७३, २ मंसिर बिहीबार १४:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हरियाणा, २ मंसिर । भारतको हरियाणास्थित पानीपत निवासी एक व्यक्ति आफू बसेको घरको मालिकसँग जुवा खेल्दै थियो । त्यसैक्रममा सबैकुरा हारेपछि उसले आफ्नी श्रीमतीलाई दाउमा राख्यो । तर उसको दुर्भाग्य, त्यो दाउ पनि हार्न पुग्यो । त्यसपछि उसले जबर्जस्ती आफ्नी श्रीमती घरबेटीलाई बुझाउने प्रयास गर्यो । श्रीमतीले मानिनन् ।
Advertisement
त्यही रिसको झोंकमा उसले आफ्नी तीन वर्षीया छोरीलाई लगेर घरबेटीलाई बुझायो । यो घटना अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीमा दर्ता गरेको उजुरीमा आमाले आफ्नी ३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।
बालिकाको पेट, गर्धनसहित शरीरका विभिन्न भागमा चोटको निसान पनि रहेको बताइएको छ । उनको स्वास्थ परीक्षण पनि गरिएको छ । अहिले सिभिल अस्पतालमा उपचार हुँदैछ । परीक्षणबाट संकलित नमूना अब ल्याब पठाइने र त्यसपछि मात्र बलात्कार भए/नभएको पुष्टि हुने चिकित्सकहरुले बताएका छन् ।
प्रहरीले अहिले ती बालिकाका बाबु र घरबेटीलाई खोजिरहेको छ ।
उजुरीमा आमाले भनेकी छन्, ‘हाम्रो परिवार चार महिनाअघि मात्र यहाँ सरेको हो । घरबेटीले मेरो पतिलाई रक्सी खुवाएर जुवा खेलाउने गर्छ । गत मंगलबार राती पनि उनीहरु जुवा खेल्दै थिए । त्यत्तिकैमा मेरो पति आएर मलाई लैजान खोज्यो, मैले नमानेपछि रिसको झोंकमा छोरीलाई उठाएर लग्यो । त्यही रात मेरी छोरीको बलात्कार भयो ।’
उनले भनिन्, ‘राती करिब ३ बजेतिर उसले छोरी फिर्ता ल्यायो । उसको गर्धनमा चोट थियो । निकै नै शिथिल अवस्थामा थिइ ।’ त्यसपछि उसले त्यही घरबेटीसहित भएर उसलाई अस्पताल लग्यो । अस्पताल पुर्याउने बेलासम्म ऊ रुँदारुँदै निकै थकित भइसकेकी थिइ ।’
संवेदनशील घटना भएकाले समाचारमा पहिचान खुलाइएको छैन ।