गरीबलाई सहयोगका लागि पोर्नस्टारले अपनाइन यस्तो शैली, चौतर्फी आलोचना
प्रकाशित मिति : २०७३, ८ मंसिर बुधबार ०९:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मंसिर ०८,एजेन्सी । गरीब तथा घरबारबिहीन नागरिकका लागि सहयोग जुटाउन मानिसले विभिन्न उपाय अपनाएको त तपाईंले सुन्नु वा देख्नु नै भएको हो ।
Advertisement
यसैक्रममा बेलायतको म्यान्चेस्टर निवासी एक पोर्नस्टारले घरबारबिहीन बालबालिकालाई सहयोग गर्न भन्दै यस्तो च्यारिटी शो आयोजना गरिन्, जसको चौतर्फी आलोचना भइरहेको छ ।
जायना एलिमोर नामक यी पोर्नस्टार लण्डनका टिभी प्रिजेन्टर फिलिप स्कफिल्डसँग निकै प्रभावित छिन् । फिलिपले घरबारबिहीन तथा गरीबलाई सहयोगका लागि प्राय च्यालेञ्ज दिइराख्छन् । यस्तै च्यालेञ्जबाट प्रभावित भएर एलिमोरले एक च्यारिटी आयोजना गरिन् ।
त्यसमा सहभागीलाई २४ घण्टासम्म निरन्तर आफ्नो पोर्न भिडियो देखाइन् । सहभागीबाट शुल्क उठाइएको थियो ।
उनको यस कथित च्यारिटी शोको अहिले चौतर्फी आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनीमाथि गालीको वर्षा भएको छ । साथै त्यहाँको महिला आयोगले पनि यसलाई च्यारिटी शो नभएर पोर्न स्टारको प्रमोशन कार्यक्रम भनेको छ ।
यद्यपी एलिमोर भने गरीब बच्चालाई सहयोग गर्ने आफ्नो प्रयासलाई अन्यथा नलिन आग्रह गर्छिन् । आफ्नो पेशा र च्यारिटी शोलाई जोडेर नहेरिदिन उनको अपिल छ ।