यसकारण माथि उठ्यो न्यूजिल्याण्डको यो जमिन
प्रकाशित मिति : २०७३, १७ मंसिर शुक्रबार २३:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१७ मङ्सिर ।भूकम्प पश्चात हामी सबैले भत्किएका घर तथा सडकहरु देख्छौं । तर पहिलोपटक यस्तो तस्वीर बाहिर अाएको छ जुन वैज्ञानिकहरुले पनि मुस्किलले विश्वास गरिरहेको छन् । खबरका अनुसार नोभेम्बर १४ मा अाएको ७.८ रेक्टर स्केलको भूकम्पले त्यहाँका जमिनहरु ५ देखि १५ फिटसम्म माथि उठेका छन् ।
Advertisement
कारण के हो ?
भू-वैज्ञानिकका अनुसार जमिनको भाग माथि उठ्नुलाई सरफेस रप्चर भनिन्छ । भूकम्पको क्रममा जमिनमुनि भएका प्लेट तल-माथि हुन्छन् । यसैबिच जमिन बारम्बार तलमाथि भइरहन्छ । एसियाका केही देशहरुमा यस्तो प्रकारको परिवर्तन अाएपनि न्यूजिल्याण्डमा भने पहिलो पटक सरफेस रप्चर भएको हो ।