अनौठो प्रथा, जहाँ बिहेका लागि केटाले खानुपर्छ केटीको लठ्ठी
प्रकाशित मिति : २०७३, १७ मंसिर शुक्रबार २३:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१७ मङ्सिर ।भारतको राजस्थानस्थित मारवाडमा एउटा अनौठो उत्सव मनाइन्छ । धींगा गवर भनिने उक्त उत्सवमा निकै अनौठो परम्परा निर्वाह गरिन्छ । जसमा अविवाहित युवतीहरुले अविवाहित युवकहरुलाई लखेटी लखेटी लठ्ठीले कुट्छन् । यसरी लठ्ठीले कुटिने युवकको बिहे पक्का हुन्छ ।
Advertisement
गवर मातालाई गाउँलेहरुले पार्वतीको रुपमा पुजा गर्दछन् । उक्त परम्परामा अविवाहित युवतीका साथै नवविवाहिता तथा विधुवा महिलाहरुले पनि भाग लिने गरेका छन् ।
वास्तवमा वैशालु युवा युवतीका लागि यो पर्व साटो फेर्ने पर्व पनि हो । युवकहरु वर्षभर मन परेकी युवतीलाई जिस्क्याएर हैरान पार्छन् । तर यो पर्वको एक दिन भने युवतीहरु अफुलाई हैरान पार्ने तन्नेरीलाई बाँसको लौरोले कुटीकुटी साटो फेर्छन् । यो पर्वलाई महिला स्वतन्त्रता तथा स्वच्छन्दताको पर्वको रुपमा पनि लिइन्छ । हरेक वर्ष गणगौर पुजापछिको वैशाख तृतीयामा यो पर्व मनाइन्छ ।