जहाँ ड्युटीमा निदाएमा र चुरोट पिएमा भूतले थप्पड हान्छ
प्रकाशित मिति : २०७३, २३ मंसिर बिहीबार २२:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
२३ मङ्सिर । राजस्थानका कैयन् ठाउँ तथा भवनहरु आफ्नो भुताहा कहानीका कारण दुनियाभर चर्चित छन् । तर राजस्थानमा एउटा यस्तो भवन पनि छ जहाा यदि कोही पाले ड्युटीका क्रममा निदायो भने उसलाई भुतले थप्पड हान्छ ।
Advertisement
राजस्थानको कोटास्थित ब्रजराज भवन प्यालेस आफ्नो अनौठो इतिहासका लागि आजपनि चर्चित छ । १८० वर्ष पूरानो यो भवनलाई सन् १९८० मा ऐतिहासिक भवन घोषित गरिएको थियो । तर यहाँ आउने मानिसलाई अहिलेपनि यो भवन निकै भुताहा रहेको अनुभव हुन्छ ।
भनाई अनुसार यो होटलमा मेजर बर्टन नामक एक भुत बस्दछ जो ब्रिटिस शासनकालमा कोटामा कार्यरत थियो । सन् १८५७ मा विद्रोहका दौरान उसलाई भारतीय सिपाहीहरुले हत्या गरेका थिए ।
बर्टनसँगै उसका दुई छोरीपनि त्यहीँ मारिएका थिए । सन् १९८० मा कोटाकी पूर्व महारानीले मेजर बर्टनको आत्मालाई ऊ मारिएकै ठाउँमा देखेकी थिइन् भन्ने दाबी गरिएको छ ।
मानिसहरुका अनुसार यो भुतले कसैलाई पनि केही हानीनोक्सानी पूराउँदैन । तर रातमा ड्युटीको बेला यदि कोही गार्ड निदाएमा उसलाई थप्पड मार्दछ । त्यसैले उक्त होटेलमा काम गर्ने मानिसहरु कामका बेला सुत्न डराउँछन् । यतिमात्र होइन यो भवनमा यदि कसैले चुरोट पियो भने पनि ऊ भुतको थप्पडको भागिदार हुन्छ ।