डिभोर्स गर्नकै लागि दम्पतिहरु जाने होटेल
प्रकाशित मिति : २०७३, २५ मंसिर शनिबार २१:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेदरल्याण्ड/मंसिर २५ ।यो दुनियामा यस्तो आश्चर्यजनक होटेल पनि छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको डिभोर्स हुन्छ । सोही कारण यो होटेलको नामै डिभोर्स होटेल रहन गएको छ ।
Advertisement
नेदरल्याण्डमा रहेको यो होटेल सुन्दरताले भरिपूर्ण छ । होटेलमा डिभोर्सका लागि प्रसस्तै वकिलहरुको व्यवस्था समेत गरिएको छ । यो एउटा यस्तो होटेल हो जहाँ केवल विवाह गरेका लोग्ने स्वास्नीलाई मात्र प्रवेश दिइन्छ । उनीहरु होटेलभित्र छिर्दा लोग्नेस्वास्नी हुन्छन् तर जब होटेलबाट बाहिर निस्किन्छन् तब उनीहरुको डिभोर्स भैसकेको हुन्छ ।
वास्तवमा डिभोर्स गर्नकै लागि दम्पतिहरु उक्त होटेलमा जान्छन् । वैवाहिक जिवनबाट खुसी नरहेका र अलग्गिन चाहने दम्पतिहरु त्याँ जान्छन् ।
यस्तै जोडीहरुको लागि परामर्श, पुनर्मिलनको सम्भावना तथा डिभोर्सको लागि कानूनी सहायता प्रदान गरिन्छ होटेलमा । डिभोर्सका लागि राजी भैसकेपछि त्यहाँ रहेका वकिलले डिभोर्सको कागजी प्रक्रिया पूरा गरिदिन्छन् र उनीहरुबीच डिभोर्सको टुंगो लाग्दछ ।