सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकै कारण जेल
प्रकाशित मिति : २०७३, १७ माघ सोमबार ११:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सायद यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ किनकी तपाई पनि बेलाबेलामा आफ्नो फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुहुन्छ । तर तपाईले कहिले सोच्नुभएको छैन होला कि फोटो पोस्ट गरेकै भरमा जेल जानुपर्छ ।
Advertisement
इरानकी एक महिला बडी बिल्डरले आफ्नो फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु हानिकारक सावित भएको छ । शिरीन नोबाहरीले जब आफ्नो मसल्सको तस्बिर इंस्टाग्राममा सेयर गरेकी गरिन् उनलाई जेलका कर्मचारीहरुले पिछा गर्न थाले ।
यस्तो रहेछ मामला
शिरीन नोबाहरी एक बडी बिल्डर हुन् र उनी धेरै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागी भइसकेकी छन् । हालै उनले आफ्ना फ्यानहरुलाई वर्कआउट गरिरहेको फोटो इंन्टाग्राममा पोस्ट गरेकी थिइन् । यस फोटोमा उनले आफ्नो मसल्स देखाएकी थिइन् । तर इरानको गैर-इस्लामिक संगठनले यसलाई नग्नता मान्यो र उनलाई सजाय सुनायो ।
इस्लामिक संगठनले उनले फोटो अपलोड गरेको आरोपमा ५० यूरो जरिवाना लगायो । त्यसबखत शिरीनसँग जरिवाना तिर्न पुग्ने रकम नभएका कारण उनी जेल जान बाध्य भइन् ।
इरानमा महिलाहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न मान्यता दिएको छ तर खेल सकिएपश्चात आफ्नो शरीर पुरै ढाक्नुपर्ने नियम छ ।