‘युगको आवाज’मा विद्रोह
प्रकाशित मिति : २०७३, २८ माघ शुक्रबार २१:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, । पत्रकार पवित्रा सुनारद्वारा रचित पहिलो कवितासङ्ग्रह ‘युगको आवाज’ आज यहाँ सार्वजनिक गरिएको छ । दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि सुनारको कवितासङ्ग्रहको आज यहाँ कवि तुलसी दिवसले सङ्ग्रह विमोचन गर्दै परिवार र समाजमा देखिएको, सुनिएको र भोगेका विषयलाई विद्रोह र सामाजिक असन्तुष्टिका रूपमा कविले सार्वजनिक गरेको बताउनुभयो ।
Advertisement
साहित्यकार राजेन्द्र पराजुलीले राजनीतिक विसङ्गतिलाई कवितामा समावेश गरिएको बताउनुभयो भने डा भगवानचन्द्र ज्ञवालीले वस्तुवादी धार र जीवनका अनुभूतिलाई कवितामा व्यक्त गरिएको टिप्पणी गर्नुभयो ।
यसअघि नै विभिन्न पत्रपत्रिकामा आफ्ना रचना प्रकाशन गर्दै आउनुभएका सुनार ‘नागरिक दैनिक’ पत्रिकामा आबद्ध हुनुहुन्छ । विमोचित कृतिमा ६४ कविता समावेश छन् ।