विश्व मातृभाषा कविता महोत्सव सम्पन्न
प्रकाशित मिति : २०७३, १० फाल्गुन मंगलवार २१:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ १० फागुन । विश्व मातृभाषा दिवसका अवसरमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले आज यहाँ ‘विश्व मातृभाषा कविता महोत्सव’को आयोजना गरियो ।
Advertisement
महोत्सवमा देशभरका ४० भाषाका ४२ कवि कवियत्रीले कविता वाचन गर्नुभयो ।
कार्यक्रममा तामाङ भाषाका धनकुमारी घिसिङ, धिमाल भाषाका मोनालिसा धिमाल, नेपाल भाषाका नविन प्रकाश श्रेष्ठ, मैथलीका भावनाकुमारी झा, थारुका सुशील थारु र रनजना मोक्तानलगायतले कविता वाचन गर्नुभयो ।
प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइलाले उद्घाटन गर्नुभएको कार्यक्रममा युनेस्को एसिया फोरमका महासचिव डाइ सिचो, महोत्सव संयोजक श्रवण मुकारुलगायतले कविता र यसले देश विकासमा पु¥याएको योगदानको विविधपक्ष माथि प्रकाश पार्नुभयो ।