प्रदीप नेपालको ‘क्रान्तिवीरको सपना’ सार्वजनिक
प्रकाशित मिति : २०७३, १८ फाल्गुन बुधबार २१:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१८ फागुन । साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालको क्रान्तिवीरको सपना सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा रामप्रसाद राईको जीवनीमाथि लेखिएको उपन्यास सार्वजनिक भएको हो ।
Advertisement
विभिन्न राजनीतिज्ञ तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको कार्यक्रम तारादेवी राईको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रुपमा पूर्वसभामुख सुवास नेम्बाङ थिए । त्यस्तै साहित्यकार देवी नेपालले पुस्तकमाथि चर्चा गरेका थिए । उनले प्रदीप नेपाल नेपाली साहित्यका एक धरोहर भएको र कम समयमा आख्यान लेख्ने खुबी भएका साहित्यकार भन्दै प्रदीप नेपाललाई ‘आँसु आख्यानकार’ को उपाधी दिएका थिए ।
पुस्तकमाथि चर्चा गर्दै सत्यलाई आख्यानीकरण गर्न गाह्रो भएपनि नेपालले त्यसलाई कुशल रुपमा उपन्यासमा प्रस्तुत गरेर देवीले बताए ।
साथै कार्यक्रममा अन्य बक्ताले रामप्रसाद राई २००७ महान नायक भएको र उनकै आडमा रहेर देशमा गणतन्त्र आएको बताए ।
विमोचन कार्यक्रम रामप्रसाद राई स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो ।