कलेजमा कुमारी कन्याले मात्र पढ्न पाउने तेलंगाना सरकारको घोषणा
प्रकाशित मिति : २०७३, १९ फाल्गुन बिहीबार १९:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भारतको तेलंगाना राज्यको सरकारले महिला कलेजहरूमा भर्नाका लागि अचम्मको आदेश जारी गरेको छ । आदेशअनुसार कुमारी कन्याहरूले मात्र भर्ना लिन पाउँछन् ।
Advertisement
यो आदेशका पछाडि सरकारले अनौठो तर्क दिएको छ । बिहे गरेका महिलाको संगतमा कुमारी कन्याहरूको ध्यान भड्किने भएकाले यो आदेश जारी गरिएको सरकारको (कु)तर्क छ ।
शिक्षण संस्थान समाजका एक अधिकारी बी बेंकट राजुका अनुसार बिहे गरेका महिलाका पतिहरू हप्तामा वा १५ दिनमा एकचोटि उनीहरूलाई भेट्न आउन सक्छन् । यसरी पतिहरू भेट्न आउँदा कुमारी कन्याहरूको ध्यान भड्किन सक्छ ।
सन् २०१७/१८ को भर्नासम्बन्धी सूचनामा बीए, बीकम र बीएससीको पहिलो वर्षमा अविवाहित महिलाहरूलाई मात्र भर्ना लिइने सूचना जारी भएको छ ।