स्टालिन र चर्चिलसँग हात मिलाउन पाएको नेपाली योद्धा
प्रकाशित मिति : २०७३, २१ फाल्गुन शनिबार १६:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
साठी हजार निर्दोष नेपालीको बलि खाएर त्यस्तो युद्ध सकियो, जुन युद्धसँग नेपाल र नेपालीसँग कुनै सरोकार थिएन । त्यो दोश्रो विश्वयुद्ध थियो । नेपाली रगतले लतपतिएको बेलायती साम्राज्यवाद सहितको समूहले युद्ध जित्यो । नेपालका लागि लडेर होइन । बेलायतका लागि लडेर गोर्खाली सेना विश्वप्रसिद्ध भयो । एक प्रकारले भन्ने हो अजेय भयो । तर त्यो अजेयको मूल्य हिरा भन्दा महङ्गो भो नेपालका लागि ।
Advertisement
‘यस्ता राजाले जनताको सुरक्षा कसरी गर्लान ?’ ऊ मनमनै यो प्रश्नको उत्तर खोजिरहेको थियो र दिनदिनै ऊ निराश भैरहेको थियो । राणाजीले राजालाई तराईको ठूलो शिकारमा त लाँदैनथे । तर काठमाडाँै ओरिपरि शिकार क्याम्प खडा गरेर राणा प्रधानमन्त्री सम्मानपूर्वक र कहिलेकाहीँ त गचक्कै बोकेर त्यस्ता शिकार क्याम्पमा लैजान्थे । राजाको आत्मसम्मान मरेको देख्थ्यो रामप्रसाद राई । रक्सी र केटी भएपछि राजालाई सबैथोक पुग्ने ।
‘यस्ता राजाबाट केही हुँदैन । यिनले केही लछारपाटो लाउँदैनन्’ भन्ने निष्कर्षमा पुगिसकेको थियो ऊ । ‘युवराज महेन्द्र बाठा छन्, राणाहरूबाट भरसक टाढै बस्छन्’ भन्ने खासखुस सुनेको थियो रामप्रसादले । टाढाबाट देखेको पनि थियो उसले युवराजलाई । तर बाउलाई वास्तविक राजा बनाउनेहरूको सुरक्षा गर्न नसक्ने युवराजप्रति पनि सम्मान पलाउन सकेको थिएन ।
राजाप्रति त उसमा कुनै सम्मान थिएन । युवराजप्रति भने ‘पर्ख र हेर’ को परिक्षामा थियो ऊ ।
प्रजापरिषदको सदस्य त थिएन ऊ । तर ऊ प्रजापरिषदका नेताहरूको भक्त भएको थियो । झुण्ड्याएर र गोली ठोकेर मारिएका शहीद सबै उसका लागि मान्यजन थिए नै । त्यसमाथि दशरथ चन्द त उसको आस्थाको केन्द्र थियो । दशरथ चन्दको शत्रु आफ्नो पनि शत्रु हो भन्ने टुङ्गोमा पुगेको थियो ऊ । कहिले काहीं ऊ झयालखानको निरीक्षणमा जान्थ्यो । राजा र राणाद्वारा डामिएका टंकप्रसाद आचार्य, रामहरी शर्मा नेपाल र तिनका साथीलाई टाढैबाट, मनको प्रणाम पस्किएर फर्किन्थ्यो । प्रजातन्त्र प्राप्तिका योद्धाहरूलाई आपूmले कुनै सहयोग गर्न नपाउँछुदा आफ्नो जागीरसँग बेस्सरी रिस उठ्थ्यो उसलाई । तर उसले जेलको जमदारलाई आदेश दिएको थियो – सबै कैदी बन्दीले आफ्ना परिवारसँग ढुक्कले कुरा गर्न पाउन् । राजनीति र फौजदारी भनेर कसैप्रति भेदभाव गर्न नदिनु । कैदी सिधामा तिमीहरूले आँखा नलाउनु । लाएको थाहा पाएँ भने आफ्नो जागीर सकियो भनेर जान्नु ।’
त्यतिबेलासम्म नेपालमा प्रजापरिषद पछिको अर्को कुनै पार्टी जन्मिएको थिएन । आफैँ पार्टी बनाउने तयारीमा पनि थिएन रामप्रसाद । उतिबेलाको काठमाडाँैको साँझ शान्त एवम् शीतल हुन्थ्यो । शहर आठै बजे निदाऊँथ्यो । ओमबहालमा डेरा लिएको थियो रामप्रसादले । शान्त साँझले उसलाई आनन्द दिंदैनथ्यो तर । के अर्को दशरथ चन्द या गङ्गालाल जन्मिदैनन् अब ! त्यस्तो भै दिए म तिनको सेनाको कमाण्डर भैदिन्थें र नेपालमा प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न सबैभन्दा जिम्मेवार भूमिका निभाऊँथे ।
दोश्रो विश्वयुद्ध सकिएपछि रामप्रसादले तीन महिनाको छुट्टी पायो । त्यो छुट्टीलाई उसले आफ्नो ऊद्देश्यमा खर्चिने योजना बनायो । छुट्टी पाउने बित्तिकै कान्छी पत्नी दिलकुमारी र कान्छो छोरा मानबहादुर राईलाई लिएर रामप्रसाद आफ्नो घर, बाँसिखोरा तिर लाग्यो दक्षिणको बाटो भएर ।
दोश्रो विश्वयुद्धले भौतिक रूपमा बर्मा र मणिपुरलाई सेकेको थियो । बर्मा क्षतविक्षत भएको थियो । युद्धका बाछिटालाई बङ्गालको सीमासम्म छरेर युद्ध फर्किएको थियो । बर्मामा भोग्नु परेको युद्धको बिनाशले बेलायतलाई थर्थर बनाएको थियो ।
‘गोर्खा फौज नभएको भए हाम्रो दिल्ली राज सकिने थियो ।’ यो बेलायती मनोभावना थियो ।
बाँकी भारत एकप्रकारले सुरक्षित नै थियो ।
तर ऊजाड भएको थियो भारत । धनको खति राज्यको भएको थियो । तर जनको खति त बाउआमाको भएको थियो । थोरै संयुक्त प्रान्त (अहिलेको उत्तर प्रदेश) अनि धेरै बिहारको यात्रामा यो खतिको अनुहार देख्यो रामप्रसाद राईले । धेरै परिवारको कोही न कोही मरेको थियो । नेपालले सहयोगको नाममा दुई लाख पचास हजार पेल्नु परेको थियो भने संयुक्त प्रान्त र बिहार त अङ्ग्रेजकै राजभित्र पर्थे । कति लाखको ज्यान गयो होला ती दुई प्रान्तको !
जोगवनीमा रेलबाट ओर्लिएपछि पत्नीलाई अघि लगाउँदै रामप्रसादले भन्यो, ‘माने सानै छ । उसले अहिले देखेको कुरो भोलि बिर्सन्छ । पछि पछि यस्तो यात्रा यसलाई सपना जस्तो लाग्छ । तँलाई भने अनौठो लाग्ला कान्छी, यताको रीतिथिति । जर्सापले यो केटीले जस्तोसुकै दुःख पनि खेप्न सक्छे भनेपछि मैले तँसँग बिहे गरेको हुँ । अब त्यो अप्ठ्यारो भोग्ने समय आयो । कतै लरी भेटियो भने धरानसम्म त्यसैमा जाने हो । त्यसपछि दिनभरिको तेर्सो । अक्करे भीर । त्यसपछि उकालो र ओरालो ।’
पत्नी र छोरालाई एउटा कोठामा बसाले पछि रामप्रसादले भन्यो, ‘तिमेरु आराम गर । म बजार जान्छु । किनमेल गर्नु छ । तीन जना भरिया खोज्नु छ । म काम सकेर बेलैमा आउँछु । भोलि बिहानै हामी बाटा लाग्छौं ।’
बराहक्षेत्रको अक्कर ! यात्रीहरूका लागि आतङ्कको एउटा नाम । दर्जनौँ भरियाहरू ऐया पनि भन्न नपाई झुम्लुङ्ग सप्तकोशीको खसेर क्षणभरमै हराउने भीर । र पनि जिन्दगी चल्नै पथ्र्यो । मान्छे मात्र होइन, भरिया पनि हिँड्नै पथ्र्यो ।’
घर पर्खिरहेको थियो – रामप्रसाद, दिलकुमारी र मानबहादुर राईलाई । सबैका लागि लडाईं सिद्धिएको थियो । नेपाल भित्रको विश्वयुद्धले कसैलाई मृत्युको पीडा दिएको थियो भने कसैलाई टङ टङ बज्ने कम्पनी दिएको थियो ।
दिलकुमारी सबैको चासो थिई । चासो नै भइरही ।
पिखुवापारी छिनामखुमा पहिलो बास बसेर काठमाण्डौतिर सोझिएको रामप्रसाद भोलिपल्ट, खार्मी डाँडागाउँको बमबहादुर राईको घरमा बास बस्न पुग्यो । घाम डुबेको थिएन डाँडामा । उज्यालो थियो पृथ्वी ।
बमबहादुर राई र रामप्रसाद राईले एक अर्कासँग हात मिलाए, अँगालो हाले । अलग अलग पल्टनका भए पनि तिनीहरू बीच चिनजान थियो ।
‘बुहारी, जातकी होइनन् कि क्या हो !’ बमबहादुरले पनि जिज्ञासा पोख्यो ।
‘ठकुरीकी छोरी हो’ छोटो उत्तर दिएपछि उसले आपूmले सामना गर्नु परेको घटना जस्ताको तस्तै राखिदियो ।
बमबहादुर राई !
दोश्रो विश्वयुद्धको बहादुर योद्धा । विश्वयुद्ध सकिएपछि पोहोर मात्रै विदा भएर फर्किएको योद्धा । अब लडाईंतिर लाग्दिन, स्कूल खोल्छु, केटाकेटीलाई पढाउँछु भनेर गाउँमा बसेको योद्धा ।
स्टालिन र चर्चिलसँग हात मिलाउन पाएको नेपाली योद्धा । रामप्रसादको दिमाग चर्खी जसरी घुमिरहेको थियो ।
‘बमबहादुर दाइ, तिम्ले विश्वयुद्धका नेतासँग हात मिलाउन पाएका थियौ रे भनेर मसम्म कुरा आएको थियो ।’
‘तेही त, चर्चिल त आपूmले जाने सुनेकै परे । स्टालिन चाहिँ नचिनेका । छ फुटे । अग्ला न अग्ला । तिनको ठूलो पन्जामा मेरो सानो हात कता हरायो हरायो ।’
… मेरो सानो हातलाई आफ्नो पञ्जा भित्र लुकाएर उनले मसँग केही सोधजस्तो लाग्यो । म एकछिन अलमल्ल परें । पछि हाम्रो दोभाषेले भन्यो, – महामहिम राष्ट्रपतिले ‘के तपाईंको गाउँमा स्कूल छ ? भनेर सोधेका हुन् । म त भुतुक्कै परिहालें । कहाँ आपूm १५ वर्ष अगाडिसम्म कालो अक्षर भैंसी बराबर, कहाँ उनी राष्ट्रपति !
‘ती स्टालिन कम्युनिस्ट हुन् भन्ने थाहा पाएका थियौ तिमीले ?’
‘अँ भन्थ्यो दोभाषेले । यिनी संसारका सबैभन्दा ठूला कम्निस्ट हुन् । जर्मनहरूलाई धुलो चटाउने तिमी गोर्खा र यिनै स्टालिन हुन् भन्थ्यो ।’
‘तेसो भए स्टालिनको पढाउनु पर्छ भन्ने सुझावले छोयो तिमीलाई ? तिमीले केही जवाफ दिएनौ ?’
‘अब पल्टन छाड्छु, गाउँ फर्किएर स्कूल खोल्छु सर,’ भनें । एक्कैचोटी यति धेरै कसरी बोलें थाहा नै पाइन । बोलिसकेपछि पो चोट लागेजस्तो भो ।’
एकछिन केही सोचेर बमबहादुरले भन्यो, ‘फर्किन्छु खार्मी, खोल्दछु स्कूल, पढाउँछु केटाकेटी, भनेर त आइयो । यता भने मास्टरै नपार पो सङ्कट पर्लाजस्तो छ । स्कूल खोल्न सकिन भने म त लाजैले मर्छु । त्यत्रा ठूला मान्छेलाई दिएको वचन !’
‘मास्टर खोजेनौ कतै ?’
‘यो अन्धकारमा कता खोज्नु ?’
‘खोटाङमा भाषा पाठशाला छ । अहिलेलाई तिनैबाट काम चलाऊ । पछि तिमीले दार्जिलिङ नगै हुँदैन ।’
‘तिमी के गर्छौ ? तिम्ले पनि मास्टर हुने पढाइ छिचोलेर नाम कटाएर नेपाल फर्किएको भन्थे पल्टनेहरू ।’
‘हो त । म नेपाल आएँ । नेपालका जर्नेलले ‘तिमी जस्तो पढालेखा मान्छे हामीलाई नै चाहिन्छ, नाम कटाएर आऊ, यताकै मान दिउँला’ भनेका थिए । तिनै जर्नेलको विश्वासमा यता आएको हुँ । उनले बोलेको वचन पुरा गरे । अब मन लागुन्जेल यतै काम गर्ने । मन लाग्न छोडेपछि जनसेवा गर्ने ।
बमबहादुर केही बोलेन । रामप्रसाद के बोल्दैछ भनेर उसले लख काटिसकेको थियो ।
‘तर तिमी चाहिँ स्कूल खोल्ने काममा लागिहाल ।’
फर्किने गरी विदामा अनि नफर्किने गरी नाम कटाएर आएका छ जना लाहुरे रहेछन् छिमेकमा । तिनीहरूसँग पनि भेटघाट गरौं भन्ने मन बनायो रामप्रसादले ।
लाहुरबाट फर्किएका, जे भए नि समय मिलाउन जान्ने हुन्थे । भोलि पल्ट सबै भेला भए ।
‘यी हुन् भोजपुर हतुवाका रामप्रसाद राई । पल्टनमा नेपाली मास्टर छ भनेर हामीले सुन्या थियौं नि ! यी तिनै हुन् । अहिले नेपाली पल्टनमा सुवेदार छन् । यसपालि नयाँ पुराना साथीभाइसँग भेटघाट गर्दै काठमाडौँ जानुपरो भनेर यताको बाटो लाग्या रहेछन् ।’
‘यी बमबहादुर दाइले स्कूल खोल्ने अठोट ग¥या रहेछन् । काम राम्रो हो । अब तपाईं दाजुभाइले सघाउ पघाउ गरेर स्कूल खोल्न प¥यो । गाउँका केटाकेटीलाई बाह्रखरी सिकाउनु प¥यो । पल्टन जाँदा पनि कालो अक्षर भैंसी बराबर भनेर कसैले नहेपुन् । अथवा भोलि हामीलाई नै बाह्रखरी छिचोलेको मान्छे चाहिने हो कि !’
राती बमबहादुरको दलानमा सुत्न पल्टिँदा रामप्रसादले भन्यो, ‘मैले धेरै कुरो गर्न मिलेन । तर तिमीले मेरो अभियानमा सहभागी हुनु पर्छ । म नेपाल मुक्तिको सपना देखेर फर्किएको हुँ । स्टालिनसँग हात मिलाएका तिमीले यो सपना देख्नु पर्छ र मातृभूमि प्रतिको जिम्मेवारी पुरा गर्नु पर्छ । यो विश्वयुद्धमा स्टालिन र गोर्खाली सेना हुँदैनथ्यो भने दुनियामा हिटलरको राज चल्थ्यो । त्यसैले नेपालको मुक्ति, स्टालिनसँग जोडिएको तिम्रा पौरखी हातको जिम्मेवारी पनि हो । यो लडाईं जीते पनि बेलायत सम्पूर्णतामा हारेको छ । गोरखाली सेना हुँदैनथ्यो भने युद्धको आधाऊधिमै बेलायत जर्मनको कब्जामा जान्थ्यो, फ्रान्स गएजस्तै । हिटलरको पूर्वी विजय अभियानलाई पराजित गर्ने स्टालिनको सेना हो भने पश्चिमको विजय अभियानलाई पराजित एकमात्र हाम्रा नेपाली दाजुभाइ हुन् । मैले सुन्याथें, चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए रे, ‘यी गोरखाली भनेका कस्ता हुन् ?’ …
…शून्य डिग्रीको चिसोमा युद्धको मोर्चामा उभिएर शत्रुलाई हायलकायल पारेर हाम्रा बेलायती दाजुभाइलाई शान्तिका साथ तातो कफिको स्वाद चुस्न दिने माऊण्ट एभरेस्टको देशका नौजवान हुन्’ भनेर उसले जवाफ दिएको थियो । त्यसैले विश्वयुद्धको विजय भनेको साँच्चि नै सोभियत सङ्घको सेना र नेपाली नौजवानको संयुक्त विजय हो ।
त्यसैले सोभियत सेनाका सर्बोच्च कमाण्डरले तिमीसँग हात मिलाउनु भनेको शिक्षित भएर मातृभूमिको कल्याण हुने काम गर भनेको हो । अहिले म काठमाडाँै जाँदैछु, तर त्यो मेरो अन्तिम टुङ्गो होइन । म फर्किएर आउने छु दाइ । तिमीहरूकै बीचमा आउने छु र मात्रिभूमिको मुक्तिका खातिर युद्ध गर्नेछु । चाहे जोसुकैसँग किन लड्नु नपरोस् । मलाई यो अठोटबाट कसैले, कहल्यै हटाउन सक्दैन ।
रातको सन्नाटामा रामप्रसाद साप्सु खोलाको सुसाइमा बोलिरहेको थियो । बमबहादुरले बुझयो रामप्रसादको सपना ।
‘तिमी सधैं मलाई आफ्नो दायाँ भागमा पाउँछौ भाइ । यो स्टालिनसँग हात मिलाउने बमबहादुरको वचन भयो ।’
‘कामरेड स्टालिन भन दाइ, कामरेड स्टालिन । सबैले उनलाई त्यसै भन्दा रहेछन् । कामरेड स्टालिनले विश्वलाई हिटलरको तानाशाहीबाट मुक्त गराए । हामी हाम्रो नेपाललाई राणाशाहीबाट मुक्त गराउुने छौं । मुक्त नेपालको स्थापना नै ती छ फिटे अग्ला स्टालिनका ठूला हातलाई तिम्रो उपहार हुनेछ ।
(प्रदीप नेपालद्वारा लिखित जननायक रामप्रसाद राईका जीवनीमा आधारित उपन्यास ‘क्रान्तिवीरको सपना’बाट)