‘लिपिस्टिक अण्डर माई बुर्का’लाई भारतीय सेन्सरले लगायो प्रतिबन्ध, आखिर किन ?
प्रकाशित मिति : २०७३, २१ फाल्गुन शनिबार २०:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२१ फागुन । अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको भारतीय चलचित्र ‘लिपिस्टिक अण्डर माइ बुर्का’ भारतमा रिलिजका लागि सेन्सरसँग जुधिरहेको छ ।
Advertisement
निर्देशक अलंकृता श्रीवास्वलाई हालै एक त्रुटीपूर्ण स्पेलिङसहितको एक पत्रको माध्यमबाट बताइएको छ कि उनको चलचित्र ज्यादा महिला केन्दि्रत (Lady-oriended), जवकि oriented हुनुपर्थ्यो र लगातार सेक्स दृश्य (पत्रमा continuous को स्थानमा contanious लेखिएको छ) का कारण सेन्सर सर्टिफिकेट दिन सकिएन ।
द सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेटले यो पनि आरोप लगाएको छ कि ‘लिपिस्टिक अण्डर माइ बुर्का’मा गाली र फोन सेक्सका साथै खास समूदायप्रति संवेदनशील छैन । बोर्डका अनुसार यसले मुस्लिमको धार्मिक भावनामा चोट पुग्नेछ ।
यसको मतलव यो हो कि अभिनेत्रीहरु कोकणा सेन शर्मा र रत्ना शाह पाठकको यस चलचित्र भारतमा प्रदर्शन हुन सक्दैन । यो चलचित्र भारतका साना सहरका चार महिलाको हो । केहि महिना पहिले यो चलचित्र टोकियोको वर्ल्ड प्रिमियरमा भएको थियो । त्यसपछि चलचित्रलाई थुप्रै अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिसकिएको छ ।
यसै साता यो चलचित्र ग्लास्गो फिल्म फेस्टिवलमा पनि प्रदर्शन गरिएको थियो । दुवै स्थानमा हाउसफुल भएको यस चलचित्रले अडिएन्स अवार्ड पनि पाएको थियो । यहाँ पुरस्कार जित्ने यो एकल चलचित्र हो ।
यसको प्रदर्शन स्टकहोम, कहिरा र एस्टोनियामा पनि भयो । आगामी साता यस चलचित्र मियामी, आम्स्टर्डम, पेरिस र लण्डनमा पनि हुँदैछ ।
आखिर सेन्सर बोर्डले यसलाई किन अड्काइरहेको छ ? अलंकृता श्रीवास्तवले भनिन्, ‘किनभने सेन्स बोर्ड बैकल्पिक सोचसँग सहमत छैन । यहाँ महिलाको दृष्टिकोणबाट डराउने मानिस छन् र उनीहरु जीवनलाई पुरुषको नजरबाट हेर्छन् ।’
‘उनीहरु महिलालाई घुर्न, प्रेममा पिच्छा गर्ने हरकत मन पराउँछन् । मेरो चलचित्र चार महिलाको दृष्टिकोणबाट हो र यसमा उनीहरुको डर र सपना छ ।’
चलचित्रको ट्रेलर निक्कै चाखलाग्दो छ र यसको मूख्य पात्र महिलाहरुको प्रतिनिधिपात्र हुन् । बुर्का लगाउने एक कलेज छात्रा आफूलाई ब्रिटनी स्पेयर्सजस्तो बनाउन चाहन्छिन् । एक महिला यस्ती छिन् जो तस्वीर क्लिक गर्न मन पराउँछिन्, उनी खुवै सेल्फी लिन्छिन् । यतिसम्म कि उनी सेक्स गरिरहेको बेलामा पनि सेल्फी लिन्छिन् ।
एक तीन बच्चाकी आमा, जो चाहन्छिन् कि मानिसले उनलाई एक मानिसजस्तो व्यवहार गरुन्, न कि बच्चा उत्पादन गर्ने मेसिन । एक बिधवा छिन् जो आफूभन्दा कम उमेरको परपुरुषसँगको रसरंग सपना देख्छिन् ।
अलंकृताले भनिन्, ‘महिलाहरु सानो सहरमा साना सपनाहरुसँग रहन्छन्, उनीहरुको जीवन निक्कै समस्याहरुले जेलिएको हुन्छ । यो चलचित्र यसबारे हो कि उनीहरु कुनैपनि हालतमा आफ्नो सपना पूरा गर्छन् ।
चलचित्रको शीर्ष त्यस शिद्धान्तमा आधारित छ कि बुर्काभित्र लिपिस्टिक हुनु सपनाहरु लुकेर रहनुजस्तै हो । मानिस आफ्नो महत्वाकांक्षाको लागि थुप्रै डरको बीचपनि सीमाहरु तोड्न सक्छन् ।
भारतमा चलचित्रको सेन्सरसिपमाथि पहिलेदेखि नै प्रश्न उठाउन पाइँदैन । हालैका बर्षहरुमा फिल्म इन्डस्ट्रीको तर्फबाट यस व्यवस्थाको निक्कै आलोचना भइरहेको छ ।
फिल्म इन्डस्ट्रीको गुनासो यो छ कि सेन्सर बोर्ड अजिव तरिकाबाट काम गरिरहेको छ र उनीहरुले अनाहकमा फिल्म उत्पादकमाथि समस्या सृजना गरिरहेका छन् । उनीहरुको आरोप यो छ कि सेन्सर बोर्ड बदलिएको भारतीय समाजलाई आत्मसाथ गर्न सकिरहेको छैन ।
अलंकृताले सेन्सर बोर्डको यस निर्णयको बिरुद्धमा अदालती प्रक्रियामा जाने निर्णय गरेकी छन् र उनलाई विश्वास छ कि अदालतले उनको चलचित्रमाथि भारतमा रिलिज गर्न लगाइएको प्रतिबन्ध फुकुवा गर्नेछ ।