कतारमा दुर्घटनाका फोटो सेयर गरेमा दुई बर्ष जेल सजाँय !
प्रकाशित मिति : २०७३, १ चैत्र मंगलवार २१:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । दुर्घटनाको फोटो खिच्ने र सेयर गर्ने व्यक्तिलाई कतार सरकारले दुईबर्षको सजाँय तोकेको छ ।
कतारको कानुन अनुसार कसैको व्यक्तिगत फोटो वा दुर्घटनाका फोटो सेयर गर्न नपाइने प्रावधान छ । दुर्घटनाका फोटो खिचेर सेयर गरेमा एकदेखि दुईबर्षसम्मको सजाय र दशहजार रियाल जरीवाना लाग्ने छ ।
Advertisement
यसअघि कानुन ३३३ का अनुसार व्यक्तिगत पत्राचारका कुरा, निगाहको तस्वीर वा फोन कल सेयर गर्न नहुने प्रावधान थियो ।
गल्फ टाइमका अनुसार कतारको मन्त्रिपरिषदले दुइबर्ष जेल सजायको संशोधनमाथि अहिले छलफल गरिरहेको छ । सन सेप्टेम्बर २०१५ मा यस कानुन ल्याइएको थियो र अहिले संशोधनको प्रक्रिया चल्दैछ ।
गत बर्ष नै यससम्बन्धी कानुन प्रचलनमा ल्याउने तयारी भएको कतारी वकिल मोहमद अल हगरीले बताए । अहिले यो कानुनलाई प्रचलनमा ल्याउँदैछ । यसअघि पनि त्यस्ता फोटो र भिडियोहरु सेयर गर्नेमाथि साइबर क्राइमसम्बन्धी मुद्दा चलाइएको हगरीले बताए ।
यो नियम सन २०१५ मा भएको ठूलो दुर्घटनापछि आएको थियो ।
सोही बर्ष अक्टोबरमा भएको दुईयुवा संलग्न भएको ठूलो दुर्घटनाको भिडियो खिचेर सेयर गरेको आरोपमा एक व्यक्तिलाई कतारका प्रहरीले पक्राउ गरेका थिए ।
त्यसको दुई महिनापछि सेराटन दोहा होटलमा एक व्यक्तिको दुर्घटनाको फोटो सेयर गरेको आरोपमा दुईजना पक्राउ गरेको थियो ।
तर पक्राउ गरेका ती व्यक्तिमाथि कस्तो सजाय भयो भने अस्पष्ट नै रहेको छ ।