गोमन साँपलाई बेस्सरी प्यास लागेपछि… (भिडियो सहित)
प्रकाशित मिति : २०७३, १६ चैत्र बुधबार १८:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । गोमन साँप प्रायः मानिसहरूको सम्पर्कमा आउन चाहँदैन तर अप्ठ्यारो परेपछि उसले जे पनि गर्न तयार हुनुप–यो ।
भारतको एक गाउँमा सुक्खाले गाह्रो पारेपछि यो खतरनाक सर्प प्यासी भएर गाउँ पसेको थियो । एउटा भिडियोमा दयालु गाउँलेहरूले सर्पलाई पानी पिलाएको देख्न पाइन्छ ।
Advertisement
एकजनाले सर्पको टाउकोमा पानी खन्याएपछि उसले हतारहतार चाटेको थियो । उक्त व्यक्तिले परिस्थिति बिग्रने आँकलन गरेपछि सर्प समात्ने हूक प्रयोग गरेको थियो ।
उसका साथीले गोमनको पुच्छर समातेर आक्रमण गर्न रोकेको थियो ।
यो १२ फीटे गोमनलाई काइगा गाउँबाट उद्धार गरिएको थियो । दक्षिण भारतका केही भागमा कडा सुक्खाका कारण पानीको अभाव भएको छ ।
यसका कारण जनावरहरू पनि संकटमा परेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।
उद्धारकर्ताहरूले गोमन भेटेपछि पानी पिलाएका थिए ।
एउटा बोतलबाट गोमनले पानी पिएको तस्वीर देख्न पाइन्छ । त्यसपछि उद्धारकर्ताले सर्पको टाउकोमा पानी हालेर शीतल बनाए ।
सर्पलाई पछि जनावर हेरचाह केन्द्रमा लगिएको थियो ।
हेरौं भिडियो :