एक समाचारबाचिका जसले ब्रेकिङ्ग न्यूजमा आफ्नो श्रीमानको मृत्युको खबर पढिन
प्रकाशित मिति : २०७३, २७ चैत्र आईतवार ०९:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
तर, न्यूज एंकरको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ र उनको साहसलार्इ सलाम भनेका छन् । साथै यो घटनालार्इ लिएर दुःख पनि व्यक्त गरेका छन् ।
छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतका पति हर्षद गावडेको मृत्युमा दुःख जनाएका छन् ।
घटना शनिबारको हो । जब आर्इबीसी २४ च्यानलको लाइभ न्युज बुलेटिनको प्रशारणका क्रममा न्युज एङ्कर सुप्रीत कौर समाचार पढिरहेकी थिइन् ।
त्यही बेला सडक दुर्घटनाको ब्रेकिङ न्युज आयो । राष्ट्रिय राजमार्ग ३५३ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो, जसमा सुप्रीतका पति पनि परे ।
रिपोर्टरसँग लाइभ कुरा गर्दा नै एङ्कर सुप्रीत कौरलार्इ शंका लागेको थियो कि दुर्घटनामा मृत्यु भएका व्यक्तिमा उनका पति पनि छन् ।
यस्तो अप्ठेरो अवस्थामा पनि उनले आफूलाई सम्हालिन् र पुरा न्युज बुलेटिन पढिन् ।
एनडीटीभीका अनुसार न्युज बुलेटिन पढिसकिएपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन् र रुन थालिन् ।
स्टुडियोबाट बाहिर निस्कनासाथ उनलार्इ आफन्तको फोन पनि आएको थियो । सुप्रितका सहकर्मीका अनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर थाहा भइसकेको थियो । तर उनीहरुमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन ।
छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतले दुःखद घडीमा पनि साहसका साथ कर्तव्य निभाएको भन्दै सलाम भनेका छन् ।