जब ब्राजिलकी महिला नेत्रीको विवाहमा अण्डाको वर्षात् गरियो …
प्रकाशित मिति : २०७४, १ श्रावण आईतवार २१:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एजेन्सी । ब्राजिलकी एकजना राजनीतिज्ञले त्यहाँकै वामपन्थी पार्टीका प्रदर्शनकारीहरुलाई आफ्नो विवाहमा बखेडा सृजना गरेको आरोप लगाएकी छिन् ।
Advertisement
राष्ट्रपति मिकेल टिमरमाथिको पारिवारिक समर्थनका कारणले ति प्रदर्शनकारीहरुले आफ्नो विवाहमा आएका पाहुनाहरुमाथि शारीरिक दुर्व्यवहार गर्नुका साथै दुर्वाच्य प्रयोग गरेको आरोप लगाएकी हुन् ।
ब्राजिलकी स्वाथ्यमन्त्री रिकार्डो बारोसकी छोरी २५ वर्षीया मारिया भिक्टोरिया बारोस पारानामा राज्यसभाकी सदस्य हुन् । शुक्रबार भएको उनको वैवाहिक समारोहमा सयौं प्रदर्शनकारीहरुले उनीहरुमाथि अण्डा बर्षाएका थिए । उक्त घटनाबाट बच्न उनी सैनिक सवारीमा चढेर गिर्जाघरबाट भागेकी थिइन् ।
प्रदर्शनकारीहरुले बारोसलाई कुको षडयन्त्रकारी भन्दै सरकार विरोधी प्रदर्शन गरेको बताएको छ । युट्युबमा राखिएको उक्त घटनाको फुटेजमा सुरक्षा गार्डहरुले छाता खोलेर बेहुला र बेहुलीलाई अण्डाको मारबाट बचाएको देखिएको छ ।