मनमोहन मेडिकल कलेज किन्ने गृहकार्य गर्न सरकारले बनायो कार्यदल
प्रकाशित मिति : २०७४, ३२ श्रावण बुधबार ०९:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । मनमोहनसहितका आशयपत्र लिइसकेका मेडिकल कलेज किन्नेबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
Advertisement
मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले निजी मेडिकल कलेज खरिदका लागि मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो।
बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो।
समितिमा अर्थ, शिक्षा, स्वास्थ्य मन्त्रालयका सचिव र सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदलले मेडिकल कलेज खरिदबारे नीतिगत, कानुनी र प्रक्रियाबारे सरकारलाई सुझाव दिनेछ।