प्रदेश र केन्द्र निर्वाचनको मितिबारे प्रधानमन्त्रीले आज शीर्ष नेताहरूसँग छलफल गर्ने
प्रकाशित मिति : २०७४, ३२ श्रावण बुधबार ०९:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार) मुख्य तीन दलका शीर्ष नेतासँग छलफल गरी प्रदेश र केन्द्रीय निर्वाचनको मिति टुंगो लगाउने बताएका छन्।
Advertisement
मंगलबार प्रधानमन्त्री देउवालाई भेट्न गएको निर्वाचन आयोगको टोलीसँग उनले यस्तो बताएका हुन्।
यसअघि आयोगले उनलाई भदौ १ भित्र निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्री देउवाले आयोगकै आग्रह अनुसार मिति घोषणा गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
हिजो भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले देउवालाई पुन: पर्सि भदौ १ गते भित्र मिति घोषणा गर्न आग्रह गरेका थिए।
आयोग पदाधिकारीले निर्वाचनको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई उपलब्ध गराउन पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको अायोगले जानकारी दिएको छ।