लागुऔषधीको बिगबिगी,धमाधम पक्राउ पर्दै
प्रकाशित मिति : २०७४, ६ पुष बिहीबार १२:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पुस, ६- जनकराज सापकोटा/ काठमाडौँ । विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू गत सोमबार कलंकी चोकमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरूले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके ।
Advertisement
डीआईजी राईले ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको अम्मली भएर परिवार र प्रतिष्ठा सिध्याएका थुपै तन्नेरी देखेका छन् । उनले केही महिनाअघि कोटेश्वरबाट पक्राउ परेका एक तन्नेरीको कथा सुनाउँदै भने, ‘पक्राउ परेको तीन दिनसम्म पनि उसका अभिभावक लिन आएनन् ।पछि पो थाहा भयो, ती तन्नेरीकोत सिंगो परिवार नै लागूऔषध प्रयोगकर्ता रहेछन् ।’
लागूऔषधका कारोबारीहरूले संगठित रूपमा ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनको सञ्जाल विस्तार गरिरहेको प्रहरीको अनुमान छन् । सीमावर्ती भारतीय बजारमा खरिद गर्ने, सिमा कटाउने र काठमाडौंसम्म ल्याउने काममा समूहका फरकफरक व्यक्ति प्रयोग भएका देखिन्छन् । प्रहरीले गत मंसिर ६ मा गोठाटारबाट विनोद खत्रीलाई ३ सय ८६ एम्पुल ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगनसहित पक्राउ गरेको थियो । खत्रीले एक भारतीय व्यापारीबाट उक्त लागूऔषध फेला पारेको र त्यसलाई बेच्ने योजना बनाएको बताएका थिए । खत्री पक्राउ परेको भोलिपल्टै अर्थात् मंसिर ७ मा झापा गौरादह नगरपालिका–७ घर भएका प्रदीप बराइली तारकेश्वर नगरपालिका–९ बाट पक्राउ परेका छन् । बराइलीको साथबाट ब्युरोले २ सय ७३ एम्पुल ब्रुप्रिनर्फिन, डाइजेपाम र फेनारगन बरामद भएको थियो । बराइलीको कथा पनि खत्रीको भन्दा फरक थिएन ।