बिहीबारको खेलमा कोलकाता नाइट राइडर्सद्वारा चेन्नई सुपर किङ्स पराजित
प्रकाशित मिति : २०७५, २१ बैशाख शुक्रबार ०८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोलकाता,२१ बैशाख। कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार पराजित गरेको छ । जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लेको छ । चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लेको छ भने चेन्नईको समान १२ अंक सहित दोश्रो स्थानमा छ । १० अंक सहित चौथो स्थानमा किङ्स ११ पञ्जाबी रहेको छ।
Advertisement
१ सय ७८ रनको लक्ष्य पछ्याएको कोलकाताले १७.५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो । शुभम गिल र कप्तान दीनेश कार्तिकले पाँचौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरेका थिए । गिलले अर्धशतक पुरा गरे भने दीनेशले १८ बलमा अविजित ४५ रन जोडे ।
१८ बल खेलेका दिनेशले ७ चौका र १ छक्का प्रहार गरे । ३६ बल खेलेका गिलले ६ चौका र २ छक्का साथ अविजित ५७ रन जोडेका थिए । ओपनर सुनिल नारिनले ३२ रन र अर्का ओपनर क्रिस लेनले १२ रन थपे । रिंकु सिंहले १६ रन जोडे । चेन्नईका लुग्गी एनगिदी, केएम आसिफ, रविन्द्र जडेजा र हरभजन सिंहले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडेपछि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको छ । चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेका थिए । ओपनर शेन वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे ।
वाट्सनले ३६, डु प्लिसिसले २७, सुरेश रैनाले ३२ र अम्बाटी रायडुले २१ रन जोडे । रविन्द्र जडेजाले १२ रन थपे । धोनीले २५ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे । त्यत्तिनै बल खेलेका वाट्सनले ४ चौका र २ छक्का प्रहार गरे । डु प्लिसिसले १५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २६ बल खेलेका रैनाले ४ चौका प्रहार गरे । रायडुले १७ बलमा ३ चौका प्रहार गरे ।
कोलकाताका लागि पियुष चाउला, शिवम माभीले समान २ र कुलदीप यादवले १ विकेट लिए । कोलकाताका सुनिल म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा शुक्रबार पञ्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।