औषधिमा लगाइएको सिण्डिकेट तोड्ने स्वास्थ्य राज्यमन्त्रीको घोषणा
प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार १७:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ,२६ बैशाख। स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले औषधिमा लगाइएको सिण्डिकेट तोड्ने घोषणा गरेकी छन्।
Advertisement
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको घोषणा गरेकी हुन्।
कार्यक्रममा बोल्दै उनले एउटै उद्योगबाट उत्पादन गरिएका औषधिहरूको मूल्य फरक–फरक हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिइन्।
उनले सरकारले औषधिको विक्री, वितरणमा कडा निगरानी राख्ने पनि बताएकी छन्।
स्वास्थ्य राज्यमन्त्री अर्यालले औषधिको विक्री वितरणमा हुने गरेका विकृति अन्त्य गर्न सरकारले कडा अनुगमन गर्ने योजना बनाएको जानकारी दिइन्।
राज्यमन्त्री अर्यालले स्वदेशी औषधिलाई पहिलो प्राथमिकतामा राख्न चिकित्सकहरूलाई सचेत गराइन्।
उनले देशभर औषधिको अभाव नहुने गरी मन्त्रालयले आवश्यक व्यवस्था मिलाएको दाबी गरिन्।