कोलकाता नाइट राइडर्सद्वारा मंगलबार रातिको खेलमा राजस्थान ६ विकेटले पराजित
प्रकाशित मिति : २०७५, २ जेष्ठ बुधबार ०९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोलकाता,२ जेठ। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राति राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
Advertisement
लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ भने चौथो स्थानको राजस्थानको १२ अंक छ । पाँचौं स्थानको किङ्स ११ पञ्जाबको पनि १२ अंक छ ।
मध्यम लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि कप्तान दीनेश कार्तिकले अविजित ४१ रन जोडे । त्यसअघि ओपनर क्रिस लेनले टोलीका लागि सर्वाधिक ४५ रनको योगदान गरे । अर्का ओपनर सुनिल नारिन र नितेश रानाले समान २१ रन तथा आन्द्रे रसेलले अविजित ११ रन बनाए।
लेनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कार्तिकले ३१ बल खेल्दै ५ चौका र १ छक्का नै प्रहार गरे । राजस्थानका बेन स्टोक्सले ३ र इश सोदीले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
राहुल त्रिपाठी र जोस बट्लरले पहिलो विकेटका लागि ६३ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले इनिङ सम्हाल्न सकेनन् । बट्लरले टोलीका लागि सर्वाधिक ३९ रन जाडे भने त्रिपाठीले २७ रन बनाए । बट्लरले २२ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
त्रिपाठीले १५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै टोलकिा जयदेव उन्ड्कटले २६ रन थपे । १८ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । कप्तान अजिन्के रहानेले ११, सञ्जु सामसनले १२ र बेन स्टोक्सले ११ रन बनाए ।
कोलकाताका कुलदीप यादवले ४, आन्द्रले रसेल र प्रसिद्ध कृष्णले समान २ तथा शिवम माभी र सुनिल नारिनले समान १ विकेट लिए । आइपिएलमा बुधबार मुम्बई इन्डियन्स र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।