यातायात कार्यालयका दुई विचौलिया ३१ हजार घुससहित पक्राउ
प्रकाशित मिति : २०७६, १३ बैशाख शुक्रबार १६:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वीरगञ्ज । अख्तियारले दुई जनालाई घुससहित पक्राउ गरेको छ।यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन् ।
Advertisement
सवारी चालक अनुमति पत्र (लाइसेन्स)बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
यातायात व्यवस्था कार्यालय अगाडि वीरगञ्ज महानगरपालिका१३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ परेका उनीहरुको साथबाट अख्तियारको टोलीले नगद ३१ हजार रुपैयाँ र केही कागजपत्र समेत बरामद गरेको छ ।