एपिएफले उचाल्यो राष्ट्रिय महिला भलिबलको उपाधि
प्रकाशित मिति : २०७६, १७ बैशाख मंगलवार १७:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५–१४,२५–९ र २५–१५ को सेटमा जित निकाल्यो ।
योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि जित्न सफल भएको छ ।यस बर्ष एपीएफको यो दोस्रो उपाधि समेत हो । एपीएफले यसै महिना नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि जितेको थियो ।
उपाधिसंगै एपीएफले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाखमा चित्त बुझायो ।प्रतियोगितामा होङ्गवान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पार्यो ।
नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।न्यु डायमण्डले पुलिसमाथि २५–२२,२५–१८ र २५–२२ को सेटमा जित निकाल्यो । प्रतियोगितामा तेस्रो भएसंगै न्यु डायमण्डले ५० हजार प्राप्त गरेको छ ।शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।