जब बाघ ज्यान जोगाउन घरको ओछ्यानमा सुत्यो…..
प्रकाशित मिति : २०७६, ५ श्रावण आईतवार ११:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
आसाम। जब बाघ आफ्नो ज्यान जोगाउन एक घरको ओछ्यानमा सुत्यो तब सबै अचम्मित भए।बाढीबाट बच्नको लागि सुख्खा र सुरक्षित स्थान खोज्दै एउटा बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा फेला परेको थियो।यो घटना हो भारतको बाढीग्रस्त क्षेत्र आसाम राज्यको।
Advertisement
आसामको बाढीले प्रभावित काजिरंगा राष्ट्रिय निकुञ्जबाट आफ्नो ज्यान जोगाउन उक्त बाघ घरभित्र पसेको हो।
बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा प्रष्ट देखिन्छ। सो भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ। तर यहाँ भिडियो समाबेश गरिएको छैन् ।
उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि उनीहरू घर छाडेर भागेका थिए।
काजिरंगा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परी ९२ वन्यजन्तुको ज्यान गएको छ।
थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए।
जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो। सेतोपाटी/ बीबीसी।