आफ्नै श्रीमती बेच्न इन्टरनेटमा विज्ञापन
प्रकाशित मिति : २०७३, २९ भाद्र बुधबार १८:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कतिपय मानिसहरु कतिसम्म बेहोसी तथा पागल हुन्छन् की आफ्नै श्रीमतीलाई बेच्न अनलाइन सपिंग साइटमा विज्ञापन प्रकाशन गर्दछन् ।
Advertisement
बेलायतमा एकजना पुरुषले यस्तै गरेका छन् । सिमन ओ केन नामका ती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इ बे मा बिक्रिमा राखेका छन् ।
आफ्नै श्रीमतीलाई लिलाम बढाबढमा बेच्नका लागि इ बे मा विज्ञापन राखिएको दुई दिनमा उनकी श्रीमतीलाई किन्न चाहनेहरुको भिड नै लागेको छ । लिएन्ड्राको लागि दुइ दिन भित्रैमा ६५ हजार ८८० पाउण्ड सम्मको बोली लगाइएको थियो । गत बुधबार उनको विज्ञापन प्रकाशन भएको थियो ।
दुइ बच्चाका पिता सिमनले आफ्नी श्रीमतीलाई बेच्न चाहनुको कारण पनि विज्ञापन सँगै खुलस्त पारेका छन् । लिएन्ड्राले एक समर्पित पत्नीको भूमिका ननिभाएको दाबी उनको छ । जसका कारण उनको चित्त दुखेछ । विज्ञापनमा उनले आफ्नी पत्नी भान्साको काममा निपूर्ण रहेको खुलाएका छन् ।
उनले पत्नी खरीदकर्ताका लागि एक शर्त पनि राखेका छन् । जस अनुसार एकपटक बेचिसकेको माल फिर्ता हुनेछैन ।
सिमन एक टेलिकम इन्जिनियर हुन् । जबकी लिएन्ड्रा एक ब्युटी थेरापिष्ट । लोग्नेले आफैलाई बेच्नका लागि अनलाइनमा विज्ञापन दिएको थाहा पाएपछि लिएन्ड्रा रिसले चूर भएकी छिन् । आफुलाई निकै रिस उठेको र लोग्नेलाई मारिहाल्न मन लागेको उनको भनाई छ । मानिसहरु यस्तो देखेर हाँसिरहेको उनी बताउँछिन् ।
अझ अनौठो कुरा त के भने लोग्नेले आफुलाई बिक्रि गर्नका लागि प्रकाशन गरेको विज्ञापनमा आफ्नो नराम्रो चाहीँ फोटो राखिदिएकोमा उनको सबैभन्दा ठूलो गुनासो छ ।