सर्भेमा सोधियो, ‘१० लाख युरो पाउने भए बदलामा के त्याग्नुहुन्छ ?’ आए अनौठा जवाफ
प्रकाशित मिति : २०७३, ३० भाद्र बिहीबार २१:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जर्मनीमा हालै गरिएको एक सर्भेमा सोधिएको थियो, ‘दश लाख युरो (करिब १२ करोड नेपाली रुपैयाँ) पाउनका लागि तपाइँ के गुमाउन तयार हुनुहुन्छ ?’ सहभागीहरुले यस्तो जवाफ दिए, जुन तपाइँको कल्पना भन्दा बाहिरको हुनसक्छ ।
Advertisement
सर्भेमा सहभागीमध्ये सबैभन्दा धेरै अर्थात् ३९ प्रतिशतले यति पैसाका लागि एक वर्षसम्म सेक्स नगरी बस्न तयार हुने बताए । यस्तै २७ प्रतिशत सहभागी आफ्नो ड्राइभिङ लाइसेन्स त्याग्न सहमत भए । मतलब उनीहरु जिन्दगीभर गाडी त्याग्न तयार छन् ।
यस्तै ७ प्रतिशतले तीन वर्षका लागि आफ्नो जीवन नै सुम्पिन तयार रहेको जवाफ दिए । यसैगरी दुई प्रतिशतले आफ्ना पाँच ज्ञानेन्द्रीय (नाक, कान, आँखा, जिभ्रो, छाला) मध्ये एक गुमाउन तयार रहेको बताए ।
अझ एक प्रतिशत त विकलाङ्ग हुन तयार देखिए ।
यस्तो नतिजा ‘हामी जर्मन र धन’ नामक सर्भेमा सामने आएको हो । अब यसलाई एउटा पुस्तकको रुप दिइँदैछ । गएको अप्रिलदेखि जुन महिनासम्म भएको सर्भेमा करिव दुई लाख मानिस सहभागी भएका थिए ।
सर्भेले जर्मनहरु आफ्नो पैसा कहाँ राख्छन् भन्ने कुरा पनि बाहिर ल्याएको छ । सहभागीमध्ये अधिकांशले बचतमा रुची रहेको बताए । यद्यपी यसरी बैंकहरुमा राखिएको पैसाको व्याजदर नगन्य छ । यस्तै २५ प्रतिशतले आफ्नो पैसा शेयर बजारमा कहिल्यै नलगाउने बताए । किनकी उनीहरुलाई आजको अर्थ व्यवस्थामाथि नै शंका छ ।