अभिभावकसँग पैसा असुल्न प्रेम जोडीको अपहरण नाटक
प्रकाशित मिति : २०७३, ६ आश्विन बिहीबार २०:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
महानगरीय प्रहरी परिसर ललितपुरमा अपहरणको उजुरी पर्यो । ललितपुर पाटनढोका बस्ने सिन्धुपाल्चोक कर्थली-४ की साबु भन्ने सावित्री खड्काले आफू अपहरणमा परेको र फिरौती रकम चाहियो भन्दै आफन्तलाई एसएमएस पठाएकी थिइन् ।
Advertisement
त्यही एसएमएस लिएर आफन्त प्रहरी कहाँ पुगे । प्रहरी अनुसन्धानका क्रममा उनले अभिभावकसँग पैसा असुल्न प्रेमीसँग मिलेर अपहरणको नाटक गरेको खुल्न आएको छ ।
उनका प्रेमी सिन्धुपाल्चोक कर्थली-६ का सिजन भन्ने रामचन्द्र खत्री हुन् । प्रहरीले सावित्री र रामचन्द्र दुबैलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दुबैको योजनामा खत्रीले अन्य व्यक्तिबाट लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको खुलेको छ ।
उनीहरुलाई अनावश्यक भ्रम सिर्जना गरी समाजमा नकारात्मक असर पर्ने काम गरेकाले केही सार्वजनिक अपराध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।