करोडपति वृद्धसँग विवाह गर्दा आफ्नै हजुरबुबा परेपछि … !
प्रकाशित मिति : २०७३, १९ आश्विन बुधबार १०:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अमेरिकामा एक युवतीले अनजानमा आफ्नै हजुरबासँग विवाह गरिन् । उनलाई यो कुरा ३ महिनापछि मात्रै थाहा भयो ।
Advertisement
घरमा रहेको पूरानो एल्बम हेर्दै गर्दा आफ्नो श्रीमान र बुबालाई एकसाथ देखेपछि बल्ल उनलाई ती वृद्ध आफ्नै सहोदर हजुरबुबा रहेको थाहा भयो । यद्यपी उनी आफू खुसी रहेको दावी गर्छिन् । यो जोडी सम्बन्धविच्छेद गर्न पनि चाहँदैन ।
फ्लोरिडाकी २४ वर्षीय यी (नाम नखुलाइएको)युवती दुई वर्षदेखि ६८ वर्षीय करोडपति वृद्धसँग लिभइन रिलेशनमा थिइन् । उनीहरुले केही महिनाअघि विवाह नै गरे । त्यसपछि मियामीमा बस्न थाले ।
यसैक्रममा एकदिन ती वृद्धले आफ्नी पत्नीलाई पूरानो फोटो एल्बम देखाउन थाले । जसमा उनको पहिलो पत्नीबाट जन्मिएका सन्तानहरुको फोटो थियो । फोटो हेर्दै जाँदा युवतीको होस् तब उड्यो जब उनले पतिसँगै पिताको फोटो देखिन् ।
यस्तो तस्बिर देखेपछि उनले तत्काल पतिलाई सोधिन्, ‘यो को हो ?’ भनेर । वृद्धले जवाफ दिए, ‘यो मेरो जेठी श्रीमतीपट्टीको जेठो छोरो हो ।’ ती व्यक्ति अरु कोही नभएर तिनै युवतीका बाबु थिए ।
गर्भवती भएपछि निकालिकी थिइन् घरबाट
आफ्नो विगत सम्झिँदै उनी भन्छिन्, ‘म हाइस्कूल पढ्दै थिएँ । एक युवकसँग मेरो अफेयर थियो । यत्तिकैमा गर्भ रहनगयो । जब मैले यो कुरा परिवारमा बताएँ, मोरो बुबाले मलाई घरबाट निकालिदिए ।
त्यसपछि मैले बच्चालाई जन्म दिएँ । बच्चासँगै परिवारबाहिरै रहन थाले । पेट पाल्न गाह्रो थियो । डान्सबारमा काम गर्थेँ ।’
त्यसैक्रममा उनको भेट एक करोडपति वृद्धसँग भयो । माया बस्यो । उनीहरु एकसाथ रहन थाले । करिब दुई वर्ष रिलेशनमा रहेपछि उनीहरुले विवाह गरेका हुन् ।
ती युवती अघि भन्छिन्, ‘जब मैले आफ्ना बाबु र पतिको तस्बिर एकसाथ देखेँ, मेरो होस उड्यो । निकै निरास भएँ । तर पछि महसुस गरेँ, हाम्रो सम्बन्ध निकै मजबुद् छ, हामी सम्बन्धविच्छेद गर्दैनौँ ।’
वृद्धको तेस्रो विवाह, चिट्ठा जितेर करोडपति!
ती वृद्ध पनि आफ्नो विगत सम्झिँदै भन्छन्, ‘यो मेरो तेस्रो विवाह हो । दोस्रो विवाह अर्थिक समस्याका कारण २००९ मा टुट्यो । त्यसपछि म लट्री खेल्न थालेँ । दुई वर्षपछि एउटा ठूलो लट्री मेरो हात लाग्यो । अनि करोडपति भएँ ।
तेस्रो (हालको) पत्नीसँग भेट डेटिङ वेबसाइटमार्फत भएको हो । त्यहाँ धेरै युवती थिएँ, तर मलाई यिनी खास लाग्यो ।
मैले यिनको प्रोफाइल फोटो हेरेँ, अनुहार निकै परिचितजस्तो लाग्यो । तर मैले त्यतिबेला र भेटेपछि पनि थाहा पाउन सकिन कि उनी मलाई यति फेमिलियर किन लाग्यो भनेर । त्यसक्रममा कैयन पटक घुम्न पनि गयौँ, तर मलाई थाहा भएन कि उनी मेरी नातिनी हुन् भन्ने कुरा ।’
उनी अघि भन्छन्, ‘दुईवटा विवाह यसअघि नै टुटिसकेको छ । म आफ्नो तेस्रो श्रीमतीलाई गुमाउन चाहन्न । मैले सन २०१५ को न्यू इयरमा यिनलाई प्रपोज गरेको थिएँ । त्यसपछि हामी सँगै छौँ ।
हामी आफ्नो सम्बन्धलाई नयाँ नजरले हेर्न चाहन्छौँ । हामी निकै खुसी छौँ । हरेक जोडी खास हुन्छन् । हाम्रो सम्बन्ध पनि यस्तै खास र पवित्र छ ।’