मन्त्रीको स्पष्टीकरण- सेक्सका लागि धेरै ठाउँ चाहिँदैन
प्रकाशित मिति : २०७३, २८ आश्विन शुक्रबार ०८:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
‘सम्पत्ति कुनै प्राथमिकतामा हुनु हुँदैन किनकी यौन सम्पर्कको लागि तपाईंलाई धेरै कम मात्र ठाउँ भए पुग्छ ।’ यो भनाई हो सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोको । उनले उक्त कुरा विवाह र बच्चासँग सम्बन्धित सवालमा सरकारी सञ्चारमाध्यमलाई दिएको एउटा अन्तर्वार्ताको क्रममा बताएकी हुन् ।
Advertisement
जनसंख्यासम्बन्धी मामिला हेर्ने मन्त्रीसँग ‘के सिंगापुरका नयाँ पुस्ता यसकारण बच्चा जन्माइरहेका छैनन् किनकी उनीहरुसँग आफ्नो घर छैन ?’ भनेर सोधिएको थियो ।
तर्क दिनेक्रम अगाडि बढ्दै जाँदा युवायुवतीहरु आफ्नो बाबुआमासँगै बस्दा बच्चा जन्माउन अप्ठेरो हुनेसम्म कुरा अगाडि बढेको थियो । तर मन्त्रीको तर्क थियो कि बच्चा जन्माउन धेरै सम्पत्ति नचाहिने र यौन सम्पर्कको लागि थोरै मात्रै ठाउँ भए पुग्छ ।
संसारका धेरै धनी मुलुकहरुजस्तै सिंगापुरमा पनि जनसंख्या बुढो भइरहेको छ भने शिशु जन्मदर असाध्यै कम छ । यसर्थ, सिंगापुरको सरकारले आफ्नो देशका युवायुवतीलाई बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ ।
सिंगापुरसँग जमिनको अभाव छ जहाँ हाउसिंग पोलिसीमा सरकारको कडा नियन्त्रण छ ।
सिंगापुरमा सन् २०१३ मा एउटा यस्तो योजना सुरु गरिएको थियो, जसमा नयाँ घर किन्नको लागि विवाहित जोडी र त्यसमा पनि बच्चा जन्माएको अथवा जन्माउन चाहेको हुनुपर्ने कुरा उल्लेख गरिएको थियो ।