मृत्यु भएको भनिएका एक डाक्टरले गरे पत्रकार सम्मेलन
प्रकाशित मिति : २०७३, ५ मंसिर आईतवार ११:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एजेन्सी । भारतमा एक डाक्टरले पत्रकार सम्मेलन गरेका छन् । अार बी सिन्हा नाम गरेका डाक्टरले पत्रकार सम्मेलन गर्नुको कारण भने रोचक छ । उनको मृत्यु भएको भन्ने हल्ला यति धेरै फैलियो कि आफू जिउँदो छु भन्ने प्रमाण दिनका लागि उनले पत्रकार सम्मेलन गर्नु पर्यो ।
Advertisement
उनीसँग प्रशस्त कालोधन छ भन्ने हल्लाका कारण सरकारी कर अधिकारीहरुले उनको घरमा छापा मारे । जसका कारण उनको मृत्यु भयो ।
बिबिसी हिन्दीसँग उनले भनेका छन्, ‘मेरो धन्जी उडाउनका लागि यस्तो हल्ला गरियो कि कर कार्यालयका अधिकारीहरुले मेरो घरमा छापा मारे, र मेरो हृदयघातका कारण मृत्यु भयो ।’
गत मंगलबार स्थानिय मिडियाका अनुसार बिहारको छपरा जिल्लामा बसोबास गर्ने ६५ वर्षीय डाक्टर सिन्हाको घरमा अधिकारीहरुले छापा मारे किनकी त्यहाँ ६ करोड अवैध धन लुकाएर राखिएको थियो ।
डाक्टर सिन्हाका अनुसार यो खबरमा कुनै सत्यता छैन, उनले भने, ‘यहाँ एक स्थानिय टेलिभिजनका संवाददाता र क्यामेराम्यान घरको बाहिर अाए त्यसपछि उनीहरुले केही फुटेज रेकर्ड गरे अनि सामाजिक सञ्जाल तथा ह्वाट्सपमा हाले जुन खबर जंगलमा अागो फैलिए जसरी यत्रतत्र पुग्यो ।’
उनले भने- स्थिति झन् खराब बन्दै गयो जब जिल्लामा यो हल्ला फैलिन सुरु भयो कि कर अधिकारीहरुले मारेको छापाका कारण हृदयघात भएर मेरो मृत्यु भयो । उनका अनुसार उनले दुई टिभी च्यानल र एक समाचार वेभसाइटमाथि झुटो खबर सम्प्रेषण गरेका कारण कानुनी कारवाहीको लागि पत्राचार गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार भारतमा ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउने फैसला गरेलगत्तै केही मानिसहरुको मृत्यु भएको थियो ।