सपनामा देखेको कुराको अर्थ के?
प्रकाशित मिति : २०७३, १५ मंसिर बुधबार १५:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वासिंगटन । स्वप्न ज्योतिषका अनुसार निद्रामा देखिने सपनाबाट हामीनिकट भविष्यमा के हुन्छ, जान्न सक्छौं । सपनाको आफ्नै संसार हुन्छ । जसलाई आजसम्म कसैले बुझ्न सकेको छैन ।
Advertisement
एक शोधका अनुसार संसारका हरेक व्यक्ति राति सुतेपछि सपना देख्ने गर्छ । यो दाबीलाई कति साँचो मान्ने हो भन्न नसकिए पनि हिन्दु मान्यताअनुसार हरेक सपनाको एक विशेष फल हुन्छ । मान्यताअनुसार हामीलाई भविष्यमा हुने राम्रा/नराम्रा घटनाबारे अग्रिम सूचित गर्ने गर्छ । तर, हामी त्यो सूचनालाई थाहा पाउन सक्दैनौं । वाल्मीकि, रामायण, अग्निपुराण, भविष्यपुराणलगायत प्राचीन धर्म ग्रन्थमा पनि केही ठाउँमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाबारे जानकारी मिल्ने उल्लेख छ । सपनाको संसार निकै रोचक छ । आज हामी तपाईंहरूलाई केही सामान्य सपना तथा भविष्यमा योसँग हुने सम्बन्धित घटनाबारे जानकारी दिँदै छौं ।
फाइल फोटो
सपनाको फल :
औंठी लगाउनु: सुन्दर स्त्री प्राप्त हुनु
आकाशमा उड्नु: लामो यात्रा गर्नु
आकाशबाट खस्नु: संकटमा फस्नु
आँप खानु: धन प्राप्त हुनु
अनारको रस पिउनु : प्रशस्त धन प्राप्त हुनु
उँटको देख्नु: धन लाभ हुनु
सूर्य देख्नु: विशेष व्यक्तिसँग भेट हुनु
आकाशमा बादल देख्नु: चाँडै प्रगति हुनु
घोडा चढ्नु: व्यापारमा उन्नति हुनु
घोडाबाट लड्नु: व्यापारमा हानि हुनु
आँधी, तुफान देख्नु: यात्रामा कष्ट हुनु
ऐनामा अनुहार हेर्नु: कुनै स्त्रीसँग प्रेम बढ्नु
बगैंचा देख्नु: खुसी हुनु
पानी परेको देख्नु: घरमा अनाजको संकट पर्नु
कपाल काटेको देख्नु: ऋणबाट छुटकारा पाउनु
बाँसुरी बजाउनु: समस्यामा पर्नु
स्वयं बिरामी हुनु: जीवन कष्टमा पर्नु
ओच्छ्यान देख्नु: धनलाभ तथा दीर्घायु हुनु
भैंसी देख्नु: समस्यामा फस्नु
बदाम खानु: धन प्राप्ती हुनु
अन्डा खानु: पुत्र प्राप्त हुनु
आफ्नै सेतो कपाल देख्नु: आयु बढ्नु
बिच्छी देख्नु: प्रतिष्ठा प्राप्त हुनु
पहाड चढ्नु: उन्नति हुनु
शरीरमा फोहोर लाग्नु: धन प्राप्त हुनु
फूल देख्नु: प्रेमीसँग मिलन
पुलमा हिँड्नु: समाजको हितमा काम गर्नु
प्यास लाग्नु: लोभ बढ्नु
पान खानु: सुन्दर स्त्री प्राप्त हुनु
तरबार देख्नु: शत्रुमाथि विजय
हरियो तरकारी देख्नु: प्रसन्न हुनु
तोप देख्नु: शत्रु नष्ट हुनु
आफैं हाँसेको देख्नु: कसैसँग विवाद हुनु
रोएको देख्नु: प्रसन्नता प्राप्त हुनु
तलाउमा नुहाउनु: शत्रुबाट हानि
जहाज देख्नु: टाढाको यात्रा हुनु
झन्डा देख्नु: धर्ममा आस्था बढ्नु
सुक्खा जंगल देख्नु: तनाव हुनु
आभूषण देख्नु: कुनै काम पूर्ण हुनु
जुवा खेल्नु: व्यापारमा लाभ हुनु
उधारो दिनु: अत्यधिक धन प्राप्त हुनु
चिल (बाज) देख्नु: शत्रुबाट हानि
चामल देख्नु: कसैसँग शत्रुता समाप्त हुनु
चाँदी देख्नु: धनलाभ हुनु
कैंची देख्नु: घरमा कलह हुनु
सुपारी देख्नु: घरमा कलह हुनु
खेतमा पाकेको गहुँ देख्नु: धनलाभ हुनु
फलफूल खानु: धनलाभ हुनु
सुन भेटिनु: धनको हानि हुनु
काग देख्नु: कसैको मृत्युको खबर सुन्नु
धुँवा देख्नु: व्यापारमा हानि हुनु
चस्मा लगाउनु: ज्ञानमा बढोत्तरी
भूकम्प देख्नु: सन्तानलाई कष्ट हुनु
रोटी खानु: धनलाभ तथा राजयोग
रूखबाट खसेको देख्नु: कुनै रोगबाट मृत्यु हुनु
कुकुर देख्नु: पुरानो मित्रसँग भेट हुनु
सेतो फूल देख्नु: समस्याबाट छुटकारा पाउनु
उल्लु देख्नु: धन हानि हुनु
सेतो सर्पले डस्नु: धन प्राप्त हुनु
रातो फूल देख्नु: भाग्य चम्किनु
नदीको पानी पिउनु: सरकारबाट लाभ
घर बनाउनु: प्रसिद्धि मिल्नु
घाँसको मैदान देख्नु: धनलाभ हुनु
बजार देख्नु: दरिद्रता दूर हुनु
मृत व्यक्तिसँग कुरा गर्नु: मनले चाहेको इच्छा पूरा हुनु
चेक लेखेर दिनु: विरासतमा धन प्राप्त हुनु
कुवामा पानी देख्नु: धनलाभ
आकाश देख्नु: पुत्रीलाभ
इन्द्रधनुष देख्नु: उत्तम स्वास्थ्य
देवीको दर्शन गर्नु: रोगबाट मुक्ति
चन्दन देख्नु: शुभ समाचार पाउनु
जटाधारी साधु देख्नु: राम्रो समयको सुरुवात
आफ्नै आमा देख्नु: सम्मान प्राप्त
डाक्टर देख्नु: स्वास्थ्यसम्बन्धी समस्या
झापड हान्नु: शत्रुमाथि विजय प्राप्त
उत्सव मनाउनु: शोक हुनु
कोर्ट कचहरी देख्नु: विवादमा फस्नु
तारामण्डल देख्नु: सौभाग्य वृद्धि
त्रिशूल देख्नु: शत्रुबाट मुक्ति
मन्दिर देख्नु: धार्मिक कार्यमा सहयोग गर्नु
नदी देख्नु: सौभाग्य वृद्धि
पूजा भइरहेको देख्नु: कुनै योजनाको लाभ हुनु
गाईको बाच्छो देख्नु: कुनै राम्रो घटना हुनु
भाइलाई देख्नु: नयाँ मित्र बन्नु
भिख माग्नु: धन हानि हुनु
स्वयंको मृत्यु देख्नु: भयंकर रोगबाट मुक्ति
रुद्राक्ष देख्नु: शुभ समाचार पाउनु
पैसा देख्नु: धनलाभ हुनु
पत्नीलाई देख्नु: दाम्पत्य जीवनमा प्रेम बढ्नु
सरस्वतीको दर्शन: बुद्धिमा वृद्धि
छेपारो देख्नु: घरमा चोरी हुनु
चरा देख्नु: जागिरमा पदोन्नति हुनु
सुगा देख्नु: सौभाग्यमा वृद्धि
भोजनको थाली देख्नु: धन हानि हुनु
सिंह देख्नु: शत्रुमाथि विजयी
हात्ती देख्नु: ऐश्वर्य प्राप्त हुनु
सेतो बिरालो देख्नु: धनको हानि हुनु
स्त्रीसँग मैथुन गर्नु: धन प्राप्त
चुरा देख्नु: सौभाग्यमा वृद्धि
गोबर देख्नु: पशुको व्यापारमा लाभ
कुनै नातेदार देख्नु: उत्तम समयको सुरुवात
तिर्खा लाग्नु: लोभ बढ्नु
चन्द्रग्रहण देख्नु: बिरामी हुनु
आँखामा गाजल लगाउनु: बिरामी हुनु
चरा रोएको देख्नु: कंगाल हुनु
बिरालो लडेको देख्नु: मित्रसँग झगडा हुनु
बाढी देख्नु: व्यापारमा हानि
हतकडी देख्नु: भविष्यमा ठूलो संकट आउनु
हाम्रा दबेका भावनाहरू नै सपना बनेर आउँछन् । कुनै पनि यस्ता कार्य जुन हाम्रो पहुँचभन्दा निकै टाढा छन् । हाम्रा आर्थिक, सामाजिक स्थिति उसका लागि आज्ञा त दिँदैन तर अवसर मिलेको खण्डमा त्यो सपनाका रूपमा आउँछ । सूर्योदयको केही पहिला अर्थात् बह्म मुहूर्तमा देखिएको सपनाको फल १० दिनमा प्राप्त हुन्छ । रातको पहिलो प्रहरमा देखिएको सपना एक वर्षपछि, दोस्रोमा देखेको सपना ६ महिनापछि र तेस्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनापछि प्राप्त हुन्छ । तर, दिउँसो देखिएको सपनामा ध्यान नदिनु उचित हुन्छ ।
के गर्ने त ?
– राम्रो सपना देखेपछि सुत्नुको साटो भजन, चिन्तनमा समय बिताऔं र देखिएको सपना अरूलाई नभनौं ।
– यदि नराम्रो सपना देखिएको भए पुन: सुतौं ।
– बिहान उठ्नेबित्तिकै नराम्रो सपना अरूलाई भनौ ।
– गायत्री जप, स्नान–दान–अनुष्ठान गरौं ।
– गरिबलाई खानेकुराको दान गर्नु, साना बच्चालाई दूध या मिठाई खुवाउनु उत्तम हुन्छ ।