अनुसन्धानबाट पत्ता लाग्यो सहारा मरुभूमिबारे गज्जबको तथ्य
प्रकाशित मिति : २०७३, २७ मंसिर सोमबार ११:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
२७ मङ्सिर । विश्वकै सबैभन्दा ठूलो मरुभूमि ‘सहारा’ कुनै समय हराभरा थियो, करिब ६००० वर्षअघि यहाँ ठूलो वर्षा पनि भएको थियो, यो दावी हाम्रो नभएर अनुसन्धानकर्ताहरुको हो ।
Advertisement
अमेरिकाको टेक्सास ए एण्ड एम विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्, पहिले निकै हराभरा रहेको सो क्षेत्र पछि आएर मरुभूमिमा परिणत भएको हो ।
अनुसन्धानकर्ताहरु भन्छन्, ‘पृथ्वीमा मौसम परिवर्तनको असर यो हराभरा क्षेत्रमा पर्यो, त्यसपछि मरुभूमिमा परिणत भयो ।’
अनुसन्धानकर्ताहरुले कम्प्युटर मोडल र अन्य आंकडाहरुको विश्लेषण गरेर हजारौँ वर्ष पहिले हुने वर्षाको प्याटर्न पनि पत्ता लगाएका छन् । यसले वर्षाका समन्धमा अनुमान लगाउन निकै मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
वायुमण्डलीय विज्ञान विभागका एसोसिएट प्रोफेसर रोबर्ट कोर्टीले यसबारेमा जानकारी दिए । यो अध्यनको निष्कर्ष नेचर जियोसाइन्स जर्नलमा प्रकाशित गरिएको छ ।