भस्मासुरको भस्म भएको भनिएको गुफाको यस्तो छ रहस्य
प्रकाशित मिति : २०७३, २३ पुष शनिबार १३:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालमा मात्र होइन, संसारका अधिकांश देशहरुमा केही रहस्यमयी गुफाहरु छन् । यसमध्ये केही गुफाहरु प्रकृतिद्वारा निर्मित छन् भने केही मानव निर्मित । तर आज हामी तपाईलाई एक यस्तो गुफाको बारे जानकारी गराउँछौंं कि जुन निकै रहस्यमयी छ । यस गुफाको विशेषता यो हो कि आजसम्म यसको अन्तिम कुनासम्म कोही मानिस पनि पुग्न सकेका छैनन् ।
Advertisement
भारतको बिहार प्रदेशको रोहतास जिल्लामा चेनारी क्षेत्रमा गुप्तेश्वरनाथ धाम नामक एक भगवान शिवको मन्दिर रहेको छ । कहावत अनुसार उक्त मन्दिर एकदम पुरातन समयको हो तर यससँग अरु रहस्यहरु पनि जोडिएको छ ।
वास्तवमा यस मन्दिरको शिवलिंग गुफाभित्र गएरमात्र देखिन्छ र यस गुफा निकै रहस्यमयी छ । कथनअनुसार यस गुफाको अन्तिम बिन्दुसम्म आजसम्म पनि पत्ता लागेको छैन अर्थात कोही पनि जान सकेका छैनन् । सामान्यतया सबै गुफाहरु अँध्यारो नै हुन्छ तर यो गुफा अति अँध्यारो छ जहाँ मानिसहरु निकेै डराएर केही पर पुगेर फर्किहाल्छन् ।
यही गुफामा नै भस्मासुरको भस्म गरिएको थियो र यस गुफाको निर्माण पनि भगवान शिवले नै गरेको कथन छ ।