जनतामा अनावश्यक भ्रम सिर्जना गर्ने खालका विज्ञापन छापेमा कारबाही:प्रेस काउन्सिल
प्रकाशित मिति : २०७३, १५ माघ शनिबार १५:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,१५ माघ। यौन उत्तेजनासँग सम्बन्धित विज्ञापन छाप्ने सञ्चार माध्यमलाई अब प्रेस काउन्सिलले कार्वाही गर्ने भएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले यसबारे निर्देशिका तयार भइरहेको बताए ।
Advertisement
जनतामा अनावश्यक भ्रम सिर्जना गर्नेखालका विज्ञापन कुनै पनि सञ्चार माध्यमले प्रकाशन वा प्रसारण गर्न नहुने कार्कीले बताए ।
अहिले नेपालबाट प्रकाशित पत्रपत्रिकाले यौन शक्तिबर्द्धक औषधि, यौनशक्ति बर्द्धक तेल, तालिमपछि यति हजार तलब ग्यारेन्टी, हाड जोर्नी, नशा, छालाको ग्यारेन्टी उपचार, विना अप्रेशन घरमै बसीबसी निको हुने जस्ता विज्ञापनहरू निर्वाधरूपमा छाप्ने गरेका छन् ।
अधिकांश दैनिक पत्रपत्रिकामा गुप्ताङ ठूलो वा सानो बनाउने भन्ने व्यहोराका विज्ञापनसमेत निर्वाधरुपमा छापिने गरेका छन् । अब कसैले विज्ञापन दियो, मैले छापें भनेर पत्रपत्रिकाले सुख पाउँदैनन् । छापेको विज्ञापनको जिम्मेवारी मिडिया स्वयंले लिनुपर्छु , कार्कीले भने । यस्ता विज्ञापनले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुको साथै जनताकाे अनावश्यक रकम खर्च समेत हुने गरेको उनले बताए ।
अध्यक्ष कार्की भन्छन्- ‘कसैले पनि आम जनतामा भ्रम सिर्जना गर्ने कुनै पनि प्रकारका विज्ञापन प्रकाशन गर्न हुन्न, विज्ञापनमा विश्वसनियता छ कि छैन त्यो पनि हेर्नुपर्छ ।’
प्रेस काउन्सिलले विज्ञापन निर्देशिका मस्यौदा गरिरहेको जानकारी गराउँदै यो तयार भएपछि सरोकारवालाहरुसँग छलफल गरिने र कार्यान्वयनमा लैजाने कार्कीले अनलाइनखबरलाई बताए । उनले भने- ‘निर्देशिकाको ड्राफ्ट फाइनल भएपछि हामी कारवाही प्रकृया अघि बढाउछौं ।’
यसैवीच बोसोवाला साबुनको विज्ञापन प्रकाशित गर्ने पत्रिकालाई प्रेस काउन्सिलले पत्र काटेको अध्यक्ष कार्कीले बताए । उक्त विज्ञापन कसले गरेको हो भनेर काउन्सिलले पत्रिकालाई प्रश्न सोधेको छ ।