छिटो मोबाइल चार्ज गर्नुछ ? यी हुन् ६ तरिका
प्रकाशित मिति : २०७३, १७ माघ सोमबार १२:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मोबाइलको अत्यन्तै आवश्यकता छ, तर प्रयोग गर्दागर्दै ब्याट्री सकिन्छ । अनि तनाव ! अनि फोन चार्ज गर्न थाल्यो, घन्टौंसम्म पनि लाग्न सक्छ ।
Advertisement
यो समस्या समाधानको लागि त्यस्तो जादुमय तरिका त हुँदैन तर केही यस्ता उपायहरु हुन्छन्, जसले छोटो समयमै मोबाइल चार्ज गर्न सकिन्छ ।
१. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्
यो एकदम सामान्य र सजिलो तरिका हो जसबाट तपाई एकदमै तिव्र मोबाइल चार्ज गर्न सक्नुहुन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्कसन बन्द हुँदैनन् ।
जब तपाईले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जीपीएस जस्ता फिचरहरुले काम गर्न बन्द हुन्छ । यसको फाइदा भनेको मोबाइल छिटो चार्ज गर्न सकिन्छ र अलार्म सेटिङ्ग गरेर निश्चित समयपछि फोनलाई चार्जिङबाट डिसकनेक्ट गर्न सक्नुहुन्छ ।
२. फोन पूरै बन्द गरिदिनुहोस्
मोबाइल फोन चार्जको बारेमा विश्वमा फैलिएको हल्लाहरुमध्ये एक हो फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ । तर यो गलत हो । चलिरहेको फोन चार्ज गर्नु नराम्रो हुँदैन । तर मोबाइल बन्द गरेर चार्ज गर्दा छिटो चार्ज गर्न भने सकिन्छ ।
३. मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नुहोस्
मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणको लागि एपल फोनको लागि उक्त कम्पनीको सुझाव छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।
४. तापक्रम मिलाउनुहोस्
तात्नेगरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणको लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ । कुनै फोनका कभरहरुका कारण चार्जको समयमा तापक्रम बढ्ने हुनाले त्यसलाई निकालेर चार्ज गर्नु उपयुक्त हुने एप्पलको सुझाव छ ।
५. आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्
सबै चार्जरहरु एउटै देखिन्छ, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु उपयुक्त हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ । वास्तवमा अनाधिकृत चार्जरको प्रयोगले समस्या बढाउँछ । ढिलो चार्ज हुने र ब्याट्रीको क्षमता ह्रास हुने समस्या पनि यसैकारण निम्तन्छ । फोनकै चार्जर छैन भने नि राम्रो गुणस्तरको चार्जर प्रयोग गर्नु उपयुक्त हुन्छ ।