विश्वको अनौठो होटलः जहाँ युवतीको शरीरमा पस्किएर खान पाइन्छ
प्रकाशित मिति : २०७३, २८ फाल्गुन शनिबार २०:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दी इन्नेटो टेनेराइफ नामक रेष्टुरेन्टमा खान खानुअघि पाहुनाहरु निर्वस्त्र हुन सक्दछन् र त्यहाँ उत्तेजक वातावरणको सिर्जना गरिएको हुन्छ ।
Advertisement
त्यहाँ छिर्नुअघि पाहुनाहरुले आफ्ना क्यामेरा तथा स्मार्टफोन काउन्टरमै छाड्नुपर्छ । त्यसपछि उनीहरुलाई सिधै चेन्जिंग रुपमा लगिन्छ र उनीहरुले लगाएका कपडा फुकालेर स्नान वस्त्र लगाउन दिइन्छ ।
त्यसपछि पाहुनाहरु भोजनस्थल तर्फ प्रस्थान गर्दछन् । भोजनका लागि कुर्सीमा बस्नुअघि उनीहरुले जिउमा लगाएका बाँकी कपडा पनि फुकाल्छन् र निकै आत्मीय तथा उत्तेजक वातावरण आत्मसाथ गर्दछन् ।
हरेक टेबुलहरुलाई बाँसले छुट्टाइएको छ र हरेक पाहुनाहरुले आफ्नो गोपनीयता केही हदसम्म कायम गर्न पाउँछन् ।
यो रेष्टुरेन्टमा पस्किने मेनुमा विभिन्न यौनबर्धक भोजन छन् । अझ रोचक त के भने त्यस्ता भोजनहरु केवल पातले लाज ढाकेका वेटर तथा वेट्रेसका निर्वस्त्र जिउमा राखेर पाहुनालाई पस्किइन्छ ।