रातारात गायब भयो यो गाउँ, अहिलेसम्म भेटिएको छैन
प्रकाशित मिति : २०७३, २ चैत्र बुधबार २१:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । आयरल्यान्डको एउटा सानो गाउँ अचानक एक राति गायब भयो । यसमा भएका ४० वटा घरहरू अहिलेसम्म पनि भेटिएका छैनन् ।
Advertisement
यो कुनै कथाकहानी होइन । आयरल्यान्डको सबभन्दा टाढाको टापु अचिलको किनारामा बसेको किम बेमा सन् १८३८ मा करीब ४० वटा घर थिए । तर अहिले यहाँ धूलो र फुटेका घर मात्र छन् ।
यी घरहरू कसैले भत्काए कि गाउँलेहरू अन्तै गए ? अचिल पुरातत्त्व अध्ययन स्कूलका विद्यार्थीहरूले यो गाउँमाथि अध्ययन पनि गरे तर केही पत्तो पाउन सकेनन् ।
त्यहाँ माटो र ढुंगाले बनेका भत्केका घर मात्र भेटिए । घरहरूलाई जानीजानी फोडिएको कुराको प्रमाण चाहिँ भेटियो । तर गाउँलेले नै घर फोडे कि बाहिरकाले आएर फोडे भन्ने चाहिँ पत्ता लागेन ।
ट्राभल सम्बन्धी धेरै किताबहरूमा चाहिँ यो गाउँ र यहाँ बस्ने मानिसका बारेमा उल्लेख गरिएको छ । त्यही भएर विद्यार्थीहरू यहाँका निवासीलाई खोज्न गएका थिए तर कसैलाई फेला पारेनन् ।
कुनै समयमा यो टापुमा भोकमरी भएको आशंका गरिन्छ । त्यसैकारण सबैको मृत्यु भएको हुन सक्छ । तर घर चाहिँ कसले भत्कायो, थाहा हुन सकेन ।