दोधाराचादँनीमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
प्रकाशित मिति : २०७३, २७ चैत्र आईतवार ०९:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भीमदत्तनगर। नेपाली सेनाको भवानी बक्स गणले आफ्नो १३३ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार कञ्चनपुरको दोधाराचादँनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
Advertisement
विभिन्न विशेषज्ञ चिकित्सकसहितको टोली त्यहाँ पुग्दा स्थानीय ४६५ जनाले सेवा लिएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र रोटरी क्लब कञ्चनपुरको समेत सहयोगमा सञ्चालन भएको शिविरमा यहाँका बालबालिका, वृद्धवृद्धा र महिला गरी उक्त सङ्ख्यामा स्वास्थ्य सेवा लिएका हुन् । रोटरी क्लब कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले दोधाराचादँनीको विकट कुतियाकवर क्षेत्रमा पहिलो पटक शिविर सञ्चालन गरिएको बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गणले यसअघि केही दिनअघि वार्षिकोत्सवकै अवसर पारेर यहाँको वृद्ध सेवा केन्द्रमा समेत सहयोग गरेको थियो । रासस