भरतपुरमा २८ गतेसम्म चुनाव नगर्न सर्वोच्चको आदेश
प्रकाशित मिति : २०७४, २२ जेष्ठ सोमबार १७:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा जेठ २८ गतेसम्म चुनाव नगर्न सर्वोच्च अदालतले अन्तरकालिन आदेश दिएको छ ।
Advertisement
सर्वोच्चमा रिट हाल्ने एमाले कार्यकर्ता र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाउँदै सर्वोच्चले निर्वाचन आयोगका नाममा २५ गते सम्म भरतपुरमा चुनावी कार्यक्रम अघि नबढाउन आदेश दिएको हो ।
न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले सोमवार यस्तो आदेश दिएको हो । एमाले कार्यकर्ता गुञ्जमान विकले आइतवार सर्वोच्चमा रिट हालेका थिए ।