एक जना ठगलाई १३ हजार वर्ष जेल
प्रकाशित मिति : २०७४, १ माघ सोमबार १२:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
३४ वर्षको पुडिट किट्टीथ्राडिलोक उच्च मुनाफा प्रदान गर्ने भन्दै एउटा कम्पनी खडा गरी ४० हजार जना मानिसहरुबाट झण्डै १६ करोड डलर बराबरको रकम हात पार्न सफल भएको थियो ।
Advertisement
अवैध रुपमा ऋण प्रदान गर्ने लगायतका २ सय ६५३ वटा ठगीका घटनामा उनी दोषी ठहर भएका छन् ।
अभियुक्तले सुरुमा १३ हजार २ सय ७५ वर्ष जेल सजाय पाएकोमा उनले आफ्नो अपराध स्वीकार गरेकोमा सजाय आधाले घटाइएको छ र अब उनी ६ हजार ६३७ वर्ष ६ महिना मात्र जेलमा बस्नुपर्नेछ ।
आफूले प्रोपर्टी डेभलपमेन्ट, ब्यूटी, कार, निर्यात लगायतका कम्पनी स्थापना गरेको र प्रशस्त मुनाफा हुने भन्दै विभिन्न सेमिनारहरु आयोजना गरी उनले मानिसहरुलाई लगानी गर्न उक्साउँथे । साथै नेटवर्क बिजनेस जस्तै नयाँ सदा थप गर्नेलाई कमिसन प्रदान गर्ने स्किम पनि उनले ल्याएका थिए । हजारौँ वर्षको जेलसँगै उनका दुईवटा कम्पनीले २६५३ जना पीडितलाई कुल ४ करोड डलर तिर्नुपर्नेछ ।एजेन्सी